१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यौनाङ्ग गोरो बनाउने चक्करमा युवायुवती !

२३ पुष २०७४, आईतवार १०:१३

एशियाली देशहरुमा कालो छालालाई सुन्दर मानिँदैन । त्यसैले आफ्नो छालालाई गोरो बनाउन युवायुवतीहरु अनेकन उपायहरु लगाउँछन् ।

थाइल्याण्डमा भने हदै भएको छ । त्यहाँका पुरुषहरु आफ्नो गुप्ताङ्ग गोरो बनाउने चक्करमा क्लिनिक धाउन थालेका छन् ।

यतिसम्म कि सरकारले नै यसका विरुद्धमा चेतावनी जारी गर्नुपरेको छ । बीबीसी थाई सेवाले यस कार्यमा संलग्न एक युवकसँग कुराकानी गर्दा उनले भने, ‘म आफ्नो स्विमिङ ब्रीफ्समा बढी कन्फिडेन्ट महसुस गर्न चाहन्थेँ ।’

३० वर्षीय उनले पहिलोपटक दुई महिनाअगाडि यस्तो काम गरेका थिए र अहिले उनको लिंग लोभलाग्दो देखिन थालेको छ ।

आखिर केका लागि ?

यो टि्रटमेन्ट गर्ने क्लिनिकको तर्फबाट जुन फेसबुक पोष्ट हालिएको थियो, त्यसलाई दुई दिनमा १९ हजार पटक सेयर गरियो ।

यस उपचारमा छालामा मेलानिन कम गरिन्छ । पोष्टमा उपचार कक्षको तस्वीरका साथै उपचतार गर्नु अघि र गरेपछिको इलस्ट्रेसन पनि दिइएको छ ।

यसलाई लिएर मानिसहरुले फरक-फरक प्रतिक्रिया दिइरहेका छन् ।

केही व्यक्तिहरुले यसको के आवश्यकता भनेर प्रश्न गरिररहेका छन् । तर, केहीले रमाइला सुझावहरु दिइरहेका छन् । एक व्यक्तिको भनाइ छ, ‘यसलाई टर्चको रुपमा पनि उपयोग गर्न सकिन्छ, जति सक्दो चम्काऊ ।’

एक महिलाले दिक्क भएर लेखेकी छिन्, ‘म लिंगको रंगलाई लिएर कहिल्यै गम्भीर भइनँ, मलाई त यसको साइज र मुभसँग मात्रै मतलब हुन्छ ।’

यो सेवा दिने लेलक्स हस्पिटलका मार्केटिङ म्यानेजर पोपोल तंसाकुलले बीबीसीलाई बताएअनुसार उनीहरुले चार महिनाभन्दा अगाडि महिलाहरुको यौनाङ्ग गोरो बनाउने उपचार सुरु गरेका थिए । उनले भने, ‘मानिसहरु पुरुषको लिंग गोरो बनाउने विषयमा पनि सोध्न थालेपछि हामीले यो सेवा पनि एक महिनाअगाडि सुरु गर्‍यौं ।’

लिंग गोरो बनाउने पुरा प्रक्रियामा ६ सय ५० डलर खर्च हुने उनले जानकारी दिए । यस क्लिनिकमा लिंग तथा यौनीको रंग बदल्न हरेक महिना औसत २०-३० जना आइरहेका छन् । यहाँ म्यानमार, कम्बोडिया र हङकङबाट पनि मानिसहरु आएका छन् ।

पोपोलले भने, ‘यो समलिंगी पुरुषहरुमा निकै लोकप्रिय छ, जो आफ्नो लिंगको अत्याधिक ख्याल राख्छन् ।’

‘लिंग गोरो बनाउनु अनावश्यक’

थाइल्यान्डको स्वास्थ्य मन्त्रालयले यस क्लिनीकको विषयमा प्रतिक्रिया दिएको छ । मन्त्रालयले चेतावनी दिएको छ कि यो प्रक्रियाबाट गुज्रँदा दुखाई, दाग, जलन, बच्चा पैदा मात्र होइन सेक्स गर्नसमेत समस्या पर्न सक्छ ।’

यसका अलावा उपचार रोकेपछि लिंगको रंग फेरि पहिले जस्तै हुन सक्ने र यसमा फोहोर दागहरु देखिन सक्ने पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयका डा. थान्गजाई कीर्तिहट्याकोर्नले भने, ‘लिंगको लेजर ह्वाइटनिङ आवश्यक छैन । यसबाट अनावश्यक पैसा खर्च हुन्छ र सकारात्मक भन्दा नकारात्मक परिणाम प्राप्त हुन्छ ।’

विज्ञापनलाई लिएर बबाल

बितेको १० वर्षमा दक्षिण एशियामा स्किन ह्वाइटनिङको चलन जोडतोडले चलिरहेको छ । लेलेक्सका अनुसार ५० प्रतिशतभन्दा बढि व्यक्तिहरु यस्तै टि्रटमेन्टका लागि उनीकहाँ आइरहेका छन् ।

यो चलनको आधार भनेको गोरो छालालाई सुन्दर मान्ने परम्परागत दृष्टिकोण नै हो । बजारमा छालालाई गोरो बनाउने उत्पादनहरु भरमार छन् । यी उत्पादनहरुको विज्ञापनमाथि विगतमा निकै विवाद आइसकेको छ ।

- अनलाइन खबरबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक