२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भ्यालेन्टाइनमा भाडामा ब्वायफ्रेण्ड, ‘लिपकिस’ देखि ‘जे पनि गर्न पाउनेसम्मको’ सर्त !

२०७४, ३ फाल्गुन बिहीबार १७:४४

एजेन्सी | भ्यालेनटाइन डे बुधबार सकिएको छ । यहाँ यसै अवसरमा एउटा गज्जबको समाचार बाहिरिएको छ । एक जना भारतीय युवकले प्रियतम फेला नपार्ने अभागीहरुका लागि एउटा गज्जबको अफर प्रदान गरेका छन् । भ्यालेन्टाइन डे मा पार्टनर नहुने युवतीहरुका लागि भाडामा ब्वायफ्रेण्ड उपलब्ध गराउने कार्यक्रम उनले अघि सारेका हुन् । यसमा विभिन्न ४ प्रकारका छुट प्याकेज उपलब्ध छन् ।

भारतको गुरुग्रामका बासिन्दा शकुल गुप्ता अहिले सोसल मिडियामा भाइरल बनिरहेका छन् । उनले आफ्नो फेसबुक अकाउन्टमा लेखेको कुरा र अफर गरेको सेवाका कारण उनी चर्चित बनेका हुन् । उनले फेसबुकमा आफु भाडाको ब्वायफ्रेण्ड बन्न तयार रहेको घोषणा गरे । 


यसका लागि उनले विभिन्न ४ प्रकारका प्याकेज पनि तयार पारेका छन् । २६ वर्षका गुप्ताको उचाई डेट मिटर भन्दा बढि छ भने वजन ५६ किलो । जिउडाल पनि ह्याण्डसम छ ।

आफुलाई जोकोही केटीहरुले भाडामा ब्वायफ्रेण्ड बनाएमा त्यस्ता केटीहरुका अभिभावक तथा साथीहरुसमेत दंग पर्ने दाबी उनी गर्छन् । आफुबाट गर्लफ्रेण्डहरुले के अपेक्षा गर्न सक्छन् र के सकदैनन् भन्ने कुरा पनि उनले खुलाएका छन् ।


पहिलो प्याकेज अन्तर्गत हात समाउने र काँधमा हात राख्ने । दोश्रोमा हात समाउने, काँधमा हात राख्ने अनि गाला वा निधारमा चुम्बन गर्ने । तेश्रो प्याकेजमा माथि उल्लेखित सेवाका अतिरिक्त लिप किस पनि गर्ने । अनि चौथो प्याकेजमा जे चाह्यो त्यहीँ गर्न पाउने तर केही शर्तको पालना गरेर मात्र ।

साथै उनले यसमा २० प्रतिशत डिस्काउन्टका साथै सित्तैमा अडी कार चढाएर घुमाउने अफर प्रस्तुत गरेका छन् । तर भाडामा ब्वायफ्रेण्ड बनिसकेपछि पनि आफुले आफ्नो गर्लफ्रेण्ड बन्ने केटीलाई साङ्लाबाट बचाउन नसक्ने, फेसन र सुन्दरताका बारेमा कुराकानी गर्न नसक्ने तथा सी फूड नखाने बताएका छन् । तर हुनेवाला गर्लफ्रेण्लाई खुसी राख्नका लागि भरपूर कोसिस गर्ने उनको भनाई छ । एजेन्सी


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने