२२ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२ सयपटक प्लास्टिक सर्जरी गराउँदा यस्तो परिणाम !

४ चैत्र २०७४, आईतवार १६:२४

चैत ४, एजेन्सी | बेलायतको लिचफिल्डमा जन्मिएकी २८ वर्षकी डेलगुडाइसले अहिलेसम्म लाखौँ पाउण्ड रकम प्लास्टिक सर्जरीमा खर्च गरिसकेकी छन् । उनले पहिलोपटक १७ वर्षकी छँदा प्लास्टिक सर्जरी गराएकी थिइन् र अहिलेसम्म जिउका विभिन्न अंगको गरी २ सयपटक प्लास्टिक सर्जरी गराइसकेकी छन् ।

हालै टेलिभिजनमा दिएको एक अन्तरवार्ताका क्रममा उनी पूरै समय उभिइन् । यसरी उभिनु उनको बाध्यता थियो । हालै उनले आफ्नो नितम्ब प्रत्यारोपण गराएकी छन् । जसका कारण उनको नितम्ब ठूलो भएको छ र बस्न पनि मुस्किल पर्दछ ।

आफ्नो प्लास्टिक सर्जरीको लतको मुख्य कारक उनी आफ्ना बाउआमालाई मान्छिन् । बाबुआमाले नै लगातार दबाव दिइरहेकाले आफूले पटक–पटक सर्जरी गराएको उनको भनाइ छ । बाबु–आमाले आफूलाई कुरुप भन्ने गरेको र सुन्दर बन्नका लागि प्लास्टिक सर्जरी गर्न दबाव दिएको उनले बताइन् ।


हालसम्म २ सयपटक प्लास्टिक सर्जरी गर्दा झण्डै २ लाख ३० हजार पाउण्ड खर्च भएको छ । उनले ५ पटक ओठको, ४ पटक नाकको सर्जरी गराएकी छन् । त्यस्तै नाक, बंगरा, वक्षस्थल आदि धेरै अंगको सर्जरी गराएकी छन् । हुँदा–हुँदा उनले ३ पटक आफ्नो योनीको सर्जरी पनि गराइन् ।

हालै उनले ७ घण्टाको शल्यक्रिया गरी आफ्नो नितम्ब प्रत्यारोपण गराइन् । नितम्ब प्रत्यारोपणपछि उनलाई निकै पीडा भइरहेको छ र उक्त पीडा कम गर्न थेरापीको सहयोग लिने गरेकी छन् ।

सानोमा उनको नाम स्टेसी थियो र अहिले उनले नाम बदलेर स्टार बनाएकी छन् । आफूलाई राम्रो बनाउन उनी जेसुकै गर्न तयार छिन् ।


एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै