३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मनकामना केवलकारमा यात्रा गर्ने डेढ करोडमध्ये एक- जसले झुन्डिएर यात्रा गरे…

२० बैशाख २०७५, बिहीबार १३:२६

सास | यो तश्विर जसले देखेपनि अचम्मित हुन्छन् र सामाजिक संजालमा सेयर गरिदिन्छन् । यो तश्विर जहिले खिचिएको भएपनि गत बर्ष निकै भाइरल भएको तश्विर हो । विद्युतीय शक्तिबाट संचालित हुने मनकामना केवलकारमा झुन्डिरहेको अवस्थामा यि बृद्धको तश्विर खिचिएको थियो । तर यो तश्विर कसले खिचेको भन्ने बारे कुनै जानकारी छैन । 


केवलकार चढ्ने क्रममा भित्र पस्न नसकेपछि यी वृद्धले बसको ढोकामाझैं यात्रा गरेको विवरण राखेर तस्बीर सामाजिक सञ्जालहरुमा सार्वजनिक भएको थियो । जुन तश्विरलाई धेरै अनलाइनले भाइरल बनाईसकेका छन् ।

तश्विरलाई राम्ररी नियाल्दा यी व्यक्ति मनकामना दर्शन गरेपछि कुरिनटारतर्फ फर्कने क्रममा छन् । त्यतिबेलासम्म उनि केवलकारको ढोकामा झुण्डीरहेको देख्न सकिन्छ भने बृद्धले केवलकार छुटेको ठाउँतिर हेरिरहेको देख्न सकिन्छ ।

तस्बिर अनुसार केबलकारबाहिर झुन्डिइरहेका भक्तालु बृद्धको देब्रे खुट्टा केबलकार डब्बाको ढोकाले च्यापेको छ भने दाहिने खुट्टाले टेक्ने ठाउँ पाएको छैन । तस्बिरमा देखिएअनुसार भक्तालुले न्वारानदेखिको बल लगाएर ज्यान जोगाउन दुई हातले केबलकारको ढोकामाथि समातिरहेको देखिन्छ ।

हुनसक्छ कि उनि केवलकार भित्र पस्न खोज्दा-खोज्दै बिधुतिय ढोका बन्द भएको र उनि त्यतिकै अवस्थामा यात्रा गरेका थिए । तर यस बिषयलाई केवलकार कम्पनीले गौण राखेको छ । 

एक अनलाइन मिडियामा उल्लेख भए अनुसार यो २०६५ सालतिरको घटना हो । घटना जे भएपनि यो तश्विर  निकै अचम्म लाग्दो छ । अर्को कुरा यस्तो भएन होला भन्न पनि सकिन्न किनकी केवलकारमा कुनै ड्राइभर हुँदैन र त्यहाँ रहेका केवलकारका कर्मचारी बाहेकले चाहेर केवलकार रोकिने हुँदैन । अनुमान लगाउने आधार के छ भने हुन सक्छ त्यतिबेला केवलकारका कर्मचारीले ति वृद्ध कुन अवस्थामा यात्रा गर्दैछन् देखेनन् र त्यतिकैमा केवलकार छुट्यो । 

कतिपयलाई यो तश्विर फोटोशप गरिएको भन्ने पनि लाग्ला तर ध्यान दिएर सबै कुराको अध्ययन् गर्ने हो भने यो सत्यतामै आधारित तश्विर हो । किनकी माथिल्लो भागमा बृद्धले समातिरहेका छन् । ढोका पूर्ण रुपमा लागेको छैन भने उनको खुट्टाको अघिपट्टिको पुरा भाग केवलकारभित्र छ । अर्को कुरा बृद्धको तश्विरको क्वालिटी र केवलकारको फोटो क्वालीटि एकै किसिमको छ । सबै अवस्था र केवलकारको ढोका पूर्ण रुपमा नलाग्नु यो तश्विरको सत्यता झल्काउने आधार हुन् । मात्र जानकारी के भएन भने यो तश्विर लिए पछी कसैले देखेर यी वृद्धको उद्दार गरे कि, उनले यतिकै यात्रा गरे वा भित्रकाले जबर्जस्ति ढोका खोलेर भित्र राखे भन्ने बारे जानकारी अहिलेसम्म गौण छ ।


वि.स. २०५५ साल मंसिर ८ गते स्थापना भएको मनकामना केवलकार नेपालकै सवैभन्दा पहिलो केवल कार हो । चितवनको चेरेसवाट शुरु भई गोरखाको मनकामनासम्म सो केवल कार पुगेको छ । गोरखा मनकामना मन्दिरको दर्शनगरी मनोकांक्ष पुरा गर्न चाहनेहरुका लागि यो केवलकार निकै सहयोगी बन्दै आएको छ । यसको लम्बाई ३ दशमलव शुन्य १ किलोमिटर रहेको छ । 

मनकामना केवलकारमा वार्षिक १० लाख भन्दा बढी दर्शकहरुले यात्रा गर्ने र हालसम्म झन्डै डेढ करोड भन्दा बढीले केवलकारबाट यात्रा गरिसकेको अवस्थामा एकाद माथिका जस्ता घटना हुनु सामान्य होला ।

जे होस् माथिको तश्विर सबैलाई अचम्मको लाग्ने खालको छ । अझ केवलकार चढ्नेहरुलाई यस्तै परेर यसरीनै यात्रा गर्नुपरे कस्तो अनुभव होला ? 

हुनत १ बर्ष अघिसम्म काठमाडौँमा माइक्रो बस चढ्नेहरु यो भन्दा बढी गाह्रो अवस्थामा झुन्डिएर यात्रा गर्थे । ट्राफिक सक्रियता पछी हाल यस्तो त्यति देख्न सकिन्न । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन