२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अनौठो ठाउँ, जहाँ एकपटक हाँसेको ३७ रुपैयाँ तिर्नुपर्छ

३० बैशाख २०७५, आईतवार ०९:०५

एजेन्सी-तपाईलाई सुन्दा पनि अचम्म लाग्न सक्छ | हाँसेको पनि पैसा तिर्नुपर्छ र ? हो, हरेक देशको आ-आफ्नै नियम हुन्छ | र संसारको एक अनौठो ठाउ त्यहाँ तपाइँ जति धेरै हाँस्नुभयो उति धेरै पैसा तिर्नुपर्नेछ । पैसा तिर्नबाट जोगिन हाँसो नलागेको अभिनय गर्न पाउनुहुनेछैन, किनकी मेसिनले तपाइँ कत्तिको हाँस्नुभएको छ भित्रैदेखि भन्ने कुरा जाँचिहाल्नेछ र तपाइँको हाँसोको मूल्य तोकिहाल्नेछ ।

हाँसेको पनि पैसा तिर्नुपर्ने यो अनौठो नियम स्पेनको बासिर्लोनास्थित एक कमेडी क्लबको हो । 

टिट्रेनु कमेडी क्बलमा एकचोटी हाँसेको ३८ सेन्ट अर्थात् झण्डै ३७ रुपैयाँ तिर्नुपर्छ ।

उक्त कमेडी क्लबले आफुकहाँ आएको दर्शकहरुबाट उनीहरुको हाँसो अर्थात् उनीहरुले लिएको आनन्दका आधारमा शुल्क लिन थालेको छ । त्यसका लागि उसले दर्शक दीर्घाका हरेक कुर्सीमा अनुहार चिन्ने प्रविधि जडान गरेको छ । उक्त प्रविधिले कुर्सीमा बस्ने व्यक्तिले कमेडी शो अवधिभर कति पटक हाँस्यो, उसको हाँसोको मात्रा कस्तो थियो वा कत्तिको मज्जाको हाँसो थियो भन्ने कुराको विश्लेषण गरी त्यसको मूल्य निर्धारण गरिदिन्छ ।

कमेडी शो अवधिभर दर्शकको हाँसोको मात्राको आधारमा टिकटको अधिकतम शुल्क ३० डलर सम्म पुग्न सक्छ । तर यसका लागि उक्त दर्शक कुर्सीमा बसेदेखि नउठ्दासम्म मक्त हाँसो हाँसेको हाँस्यै हुनुपर्छ । कमेडी शो हेर्ने दर्शकको हाँसोको आधारमा औषत टिकट शुल्क साढे ७ डलर हुने गरेको छ, यो प्रविधि भित्राएसँगै ।

हाँसेको मात्र पैसा तिर्नुपर्ने र नहाँसेको खण्डमा टिकटको मूल्य तिर्नु नपर्ने लोभमा केही दर्शक हाँस्दै नहाँस्ने बाचा गरेर कमेडी क्लबभित्र छिरेका थिए । तर उनीहरुले हाँसो नलागेको अभिनय गरेपनि अनुहारको हाँसो मेसिनले बुझिहाल्यो र उनीहरुले समेत टिकट शुल्क तिर्नैपर्‍यो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते