२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अनौठो ठाउँ, जहाँ एकपटक हाँसेको ३७ रुपैयाँ तिर्नुपर्छ

२०७५, ३० बैशाख आईतवार ०९:०५

एजेन्सी-तपाईलाई सुन्दा पनि अचम्म लाग्न सक्छ | हाँसेको पनि पैसा तिर्नुपर्छ र ? हो, हरेक देशको आ-आफ्नै नियम हुन्छ | र संसारको एक अनौठो ठाउ त्यहाँ तपाइँ जति धेरै हाँस्नुभयो उति धेरै पैसा तिर्नुपर्नेछ । पैसा तिर्नबाट जोगिन हाँसो नलागेको अभिनय गर्न पाउनुहुनेछैन, किनकी मेसिनले तपाइँ कत्तिको हाँस्नुभएको छ भित्रैदेखि भन्ने कुरा जाँचिहाल्नेछ र तपाइँको हाँसोको मूल्य तोकिहाल्नेछ ।

हाँसेको पनि पैसा तिर्नुपर्ने यो अनौठो नियम स्पेनको बासिर्लोनास्थित एक कमेडी क्लबको हो । 

टिट्रेनु कमेडी क्बलमा एकचोटी हाँसेको ३८ सेन्ट अर्थात् झण्डै ३७ रुपैयाँ तिर्नुपर्छ ।

उक्त कमेडी क्लबले आफुकहाँ आएको दर्शकहरुबाट उनीहरुको हाँसो अर्थात् उनीहरुले लिएको आनन्दका आधारमा शुल्क लिन थालेको छ । त्यसका लागि उसले दर्शक दीर्घाका हरेक कुर्सीमा अनुहार चिन्ने प्रविधि जडान गरेको छ । उक्त प्रविधिले कुर्सीमा बस्ने व्यक्तिले कमेडी शो अवधिभर कति पटक हाँस्यो, उसको हाँसोको मात्रा कस्तो थियो वा कत्तिको मज्जाको हाँसो थियो भन्ने कुराको विश्लेषण गरी त्यसको मूल्य निर्धारण गरिदिन्छ ।

कमेडी शो अवधिभर दर्शकको हाँसोको मात्राको आधारमा टिकटको अधिकतम शुल्क ३० डलर सम्म पुग्न सक्छ । तर यसका लागि उक्त दर्शक कुर्सीमा बसेदेखि नउठ्दासम्म मक्त हाँसो हाँसेको हाँस्यै हुनुपर्छ । कमेडी शो हेर्ने दर्शकको हाँसोको आधारमा औषत टिकट शुल्क साढे ७ डलर हुने गरेको छ, यो प्रविधि भित्राएसँगै ।

हाँसेको मात्र पैसा तिर्नुपर्ने र नहाँसेको खण्डमा टिकटको मूल्य तिर्नु नपर्ने लोभमा केही दर्शक हाँस्दै नहाँस्ने बाचा गरेर कमेडी क्लबभित्र छिरेका थिए । तर उनीहरुले हाँसो नलागेको अभिनय गरेपनि अनुहारको हाँसो मेसिनले बुझिहाल्यो र उनीहरुले समेत टिकट शुल्क तिर्नैपर्‍यो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने