२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वमा सर्वाधिक धुम्रपान गरिने पाँच देशहरू कुन-कुन ?

२०७५, १७ जेष्ठ बिहीबार १३:५८

जेठ १७, काठमाडौँ (बिबिसी सहयोगमा) | धुम्रपान स्वास्थ्यको लागि कति हानिकारक छ भन्ने कुरा चुरोटकै बट्टामा देखाइने दृश्यले नै बताउँछ तर विश्वमा धुम्रपान नगर्ने देश छैन । जतिसुकै चेतनशील र शिक्षित देशमा पनि धुम्रपान हुने गरेको छ ।

विश्वभरी दशकौँदेखि धूमपानविरोधी नीतिहरू ल्याइएपनि अघिल्लो वर्ष गरिएको एक अध्ययनले विश्वव्यापी रूपमा चुरोट पिउने मानिसको संख्या बढ्दै गएको देखाएको थियो । 

'पब्लिक हेल्थ फ्रान्स'का अनुसार  फ्रान्समा सन् २०१६ को तुलनामा सन् २०१७ मा दश लाख मानिसहरूले धूमपान नगर्ने गरेको देखिएको छ । 

तल धूमपान बढी र कम हुने देशहरू तल केहि चर्चा गरिएको छ ।

१) किरिबाटी

विश्वमै सबैभन्दा बढी धुम्रपान हुने देशमा टापु देश किरिबाटी गनिन्छ । यो देशको जनसंख्याको दुईतिहाई पुरुष र एकतिहाइभन्दा बढी महिलाहरु चुरोटको सेवन गर्छन । त्यसोत यो देशको जनशंख्या एक लाख तीन हजार मात्र रहेको छ । तो देशमा चुरोटमा कम कर लगाइएको कारण पनि धेरैले धुम्रपान सेवन गर्छन ।

२) मोन्टिनिग्रो

पूर्वी युरोपको देश मोन्टिनिग्रोमा युरोपकै उच्च धूमपानको दर रहेको छ । यहाँका ४६ प्रतिशत मानिस धूमपान गर्छन् । उक्त बाल्कन देशको जनसंख्या ६ लाख ३३ हजार रहेको छ । त्यहाँ एक जना वयस्क व्यक्तिले प्रतिवर्ष चार हजार एक सय २४ चुरोटका खिल्ली सेवन गर्छन् ।

३) ग्रीस

ग्रीस तेस्रो बढी धूमपान हुने देशको रुपमा गनिन्छ । यो देशको आधा भन्दा बढी पुरुष र ३५ प्रतिशत महिला धूम्रपान गर्छन् । यस देशमा चुरोटको तस्करी हुने गर्छ । एउटा बजार अनुसन्धान कम्पनी युरोमोनिटर इन्टर्न्याश्नलले सन् २०१९ देखि एथेन्सले बर्सेनि एक अर्ब युरो राजव गुमाउने अनुमान गरेको छ।

४) पूर्वी टिमोर

पूर्वी टिमोर विश्वमा धूमपानको उच्चदर भएको देशमध्ये एउटा हो । त्यहाँ कुल जनसंख्याको लगभग ८० प्रतिशत पुरूष धूमपान गर्छन् जून विश्वकै उच्च हो । तर यहाँ धूम्रपान गर्ने महिलाको संख्या भने जम्मा ६ प्रतिशत मात्रै छ । यो देशमा एक बट्टा चुरोटको मूल्य एक डलर भन्दा कम पर्छ ।

५) रुस

रुस पाँचौ धेरै धूमपान गरिने देशमा पर्छ । यहाँ १५ वर्षमाथिका करिब ६० प्रतिशत पुरुष र २३ प्रतिशत महिला धूमपान गर्छन् । रुसी चुरोटले २२ अर्ब डलर बराबरको बजार ओगटेको बताइन्छ।

पुरुषभन्दा बढी महिला धूमपानकर्ता भएको एउटै मात्र देश डेनमार्क हो । त्यहाँ १९ प्रतिशतभन्दा बढी महिलाहरू धूमपान गर्छन् भने धूमपान गर्ने पुरुषको प्रतिशत १८.९ छ ।

उच्च संख्यामा महिला धूमपानकर्ताहरू युरोपमा छन् । तर महिला र पुरुष धूमपानकर्ताबीचको संख्यामा सानो अन्तर छ। धूमपानका प्रत्यक्ष र अप्रत्यक्ष प्रभावका कारणले बर्सेनि ७० लाखभन्दा बढी मानिसले ज्यान गुमाउने गरेका छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार धूमपान गर्ने १ अर्ब १० करोड जनसंख्यामध्ये ८० प्रतिशत मानिसहरू कम तथा मध्यम आय भएका देशहरूमा बसोबास गर्छन्।

ब्रिटिश अमेरिकन टोबाको नामक एउटा बहुराष्ट्रिय कम्पनीका अनुसार विश्व सुर्तीबजारको मूल्य ७ खर्ब ७० अर्ब डलर रहेको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने