२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आलु रोप्ने क्रममा खप्पर भेटियो, श्रीमती बोलिन् ‘डराउनु पर्दैन यो मेरो पहिलो श्रीमान हो !’

२५ जेष्ठ २०७५, शुक्रबार १०:४४

जेठ २५, एजेन्सी | साइबेरियामा एउटा यस्तो घटना घटेको छ, जसले जो कोहीलाई पनि एक पटक अचम्म बनाइदिन्छ । 

घटना साइबेरियास्थित लूजिनो क्षेत्रमा घटेको हो । एक जना व्यक्ति घरको करेशाबारीमा आलू लगाईरहेका थिए । तब खन्दै गर्दा अचानक माटोमा गाडिएको अवस्थामा मानिसको खप्पर बाहिर निस्कियो । आफ्नो बारीमा खन्दै गरेका ति व्यक्तिको होस-हवासनै उड्यो । आफ्नो श्रीमान डराएको देखेर पछाडीबाट ति व्यक्तिकि श्रीमतीले जवाफ दिइन्- 'डर मान्नुपर्दैन यो मेरो पहिलो श्रीमानको खप्पर हो । जसलाई २० बर्ष पहिले मैले मारेको थिएँ ।' 


आफ्नो श्रीमतीको प्रतिक्रिया सुनेर ति व्यक्ति झनै डराए । ति व्यक्ति आफुले भेटेको खप्परदेखि  भन्दा आफ्नो श्रीमती देखेर अचम्मित र भयावित भए । श्रीमतीले ति व्यक्तिलाई भनिन् – 'यो कुरा २० बर्ष पुरानो हो । मेरो पहिलो श्रीमान निकै रक्सि पिएर आएको थियो, तब रिसको झोकमा मैले उसलाई मारें ।' यति भन्दै गर्दा पनि ति व्यक्ति झन्डै डराएपछी ६० बर्षकी ति महिलाले आफ्नो श्रीमानलाई शान्त पार्न खोज्दै भनिन् -'अब सबै कुरा बिर्सनुस ।'

तर ति व्यक्ति सिधै प्रहरीकहाँ पुगेर आफ्नो श्रीमतीको बारेमा प्रहरीलाई सूचना दिए । तब प्रहरीले उनलाई पक्राउ गर्यो । प्रहरीको पक्राउ संगै ति ६० बर्षीय महिलाले प्रहरीलाई आफूले गरेको गल्ति स्वीकार गरेकी छन् । प्रहरीले खप्पर निस्केको स्थानमा खोतल्दा पुरै मानव कंकालको हड्डिहरु बरामद गरेको छ । 


प्रहरीले बताए अनुसार महिलाले ५२ सालका पहिलो श्रीमानलाई टुक्रा-टुक्रा पारेर गाडेकी थिइन् । त्यस पछी उनले लास गाडेको स्थान माथि आलू खेति गर्न थालेकी थिइन् । जब छिमेकीहरुले महिलासँग उनको श्रीमानबारे सोध्थे, तब उनले आफ्नो श्रीमान कामको शिलशिलामा कतै गएको बताउँदै आएकी थिइन् तर ति पहिलो श्रीमान फर्केर आएनन् । किनको त्यसको रहश्य अर्कै थियो । 

प्रहरीका अनुसार महिलाले गरेको अपराध निकै गम्भीर हो र उनलाई १० बर्षको जेल सजाय हुनसक्नेछ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान