२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रेमीसँग रंगेहात भेटिएकी महिलाले पतिकै लिंग टोकेर चुँडाइदिइन्

२०७५, १८ श्रावण शुक्रबार १३:५७

साउन १८, काठमाडौं । एक भारतीय महिलाले आफ्नो पतिको लिंग टोकेर चुँडाइदिएकी छिन् । 

दक्षिण भारतको भेल्लोर जिल्लाको एक गाउँमा बस्ने ४५ बर्षीया जयन्ती नामकी महिलालाई पतिको हत्या प्रयास गरेको आरोपमा मुद्दा चलाइएको छ । उनलाई श्रीमानले प्रेमीसँग आपत्तिजनक अवस्थामा भेटेपछी रिसको झोकमा पतिकै लिंग टोकेर छिनालीदिएकी हुन् ।

स्थानीय प्रहरीका अनुसार उनी आफ्नो पति ५५ वर्षीय सेन्तामराइसँग गाँउ नजिकैको थुराइमोला गाउँको मन्दिरमा लागेको मेलामा गएकी थिइन् । मेला चलिरहेको बेलामा दिउँसो साँढे एक बजेतिर जयन्तीले पतिसँग फ्रेस हुन बाहिर जान्छु भनेर गइन् ।

फ्रेस हुन भनेर गएकी पत्नी जब धेरैबेरसम्म फर्किइनन्, सेन्तामराइ पत्नीलाई खोज्न मन्दिरबाट बाहिर निस्किए । त्यसक्रममा उनले आफ्नी पत्नीलाई अर्कै गाउँका धनचनमुर्तीसँग आपत्तिजनक अवस्थामा भेटे ।

उनले दुवैलाई समातेर उनीहरुको अवैध सम्बन्धलाई सबैको अगाडि सार्वजनिक गरिदिने धम्की दिए । तीन जनाबीच घम्साघम्सी हुँदा सेन्तामराइको धोती खुस्कियो । घटना सार्वजनिक भएमा आफ्नो बेइज्जत हुने र उस्तै परे आक्रोशित गाउँलेहरुबाट पिटाई खाने डरले जयन्तीले पतिको लिंग टोकिदिइन् र क्षतविक्षत बनाइदिइन् ।

उनले यति जोडले टोकिदिइन् कि लिंगको केहि भाग नै चुँडियो र पति पीडाले छटपटाउन थाले । त्यही मौकामा जयन्ती र उनका प्रेमी भने त्यहाँबाट भाग्न सफल भए ।

सेन्तामराइलाई अरुले चेन्नईको एक अस्पतालमा लगियो । त्यहाँ उनको उपचार भइरहेको छ । प्रहरीले धनचनमुर्तीको मोबाईल फोन ट्रयाक गरेर जयन्तीलाई पक्राउ गरेको छ र उनले अपराध गरेको स्वीकारेकी छिन् । उनलाई भेल्लोर महिला जेलमा राखिएको छ । 

डेलीमेलबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने