२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी युवा २३ बर्षको उमेरमै १० हजार करोडको मालिक, तर कसरी ?

१३ भाद्र २०७५, बुधबार १३:१६

नयाँ दिल्ली | भारतको ख्यातीप्राप्त कम्पनी Oyo Rooms ले ठुला-ठुला रअनुभवी बिजनेसम्यान तथा लगानीकर्ताहरुलाई सोच्न बाध्य बनाइदिएको छ । भारतको ओयो रूम्स कम्पनीको शुरुआत १७ बर्षका एक युवकले गरेका थिए, जसको मूल्य अहिले करिव १० हजार करोडसम्म पुगेको छ, साथै यसको बुकिंगमा हरेक ३ महिनामा ३० प्रतिशत बढ्दै गएको छ । 


यस कम्पनीका फाउन्डर रितेश अग्रवाल हुन् | जसले १७ बर्षको उमेरमा इंजीनियरिङ छोडेर यो कम्पनी खोलेका थिए । यो कम्पनी सुरु गर्दा उनले कसैले मद्धत बिनानै शुरु गरेका थिए र सिर्फ ६ बर्षमै १० हजार करोडको बनेको छ । एक अन्तर्वार्तामा उनले भने अनुसार शुरुआती दिनमा उनीसँग भाडा तिर्नको लागि समेत पैसा थिएन । उनले कयौं रात सिढीमै बिताएका थिए । संचार माध्यमका अनुसार उनि सिम कार्ड पनि बेच्थे ।

सुरुमा रितेशले एक वेबसाइट बनाएका थिए । जहाँ उनले सस्तो र किफायती होटलहरुको बारेमा जानकारी अपडेट गरेका थिए । जुन वेबसाइटको नाम थियो – 'ओरावल' । रितेशलाई केहि दिन वेबसाइट चलाएपछी लाग्यो कि नामको कारण मानिसहरुले वेबसाइट बुझेनन् । यसैले उनले २०१३मा वेबसाइटको नाम फेरेर OYO Rooms राखे ।

यसरी आयो आइडिया ?


सन २००९ मा रितेश भारतको देहरादून र मसूरी घुम्न गएका थिए । त्यहाँबाट उनले यो बिजनेसको बारेमा आइडिया जाने । उनले अनलाइन सोशल कम्युनिटी बनाउने बारे सोचे, जहाँ एकै प्ल्याटफर्ममा मालिक र सेवा प्रदायकको सहायताले पर्यटकहरुलाई कोठा र खाना उपलब्ध गराउन सकियोस् । फेरी २०११ मा  रितेशले ओरावेलको शुरुवात गरे । उनको यो आइडियाबाट प्रभावित भएर गुणगाउँका मनीष सिन्हाले ओरावेलमा शेयर हाले र को-फाउण्डर बने ।

त्यसपछि २०१२ मा ओरावेललाई आर्थिक रुपमा सफलता मिल्यो । 

आज पुरै भारतमा यसको ८,५०० होटलहरुमा ७०,००० भन्दा बढी कोठा छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र