२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी युवा २३ बर्षको उमेरमै १० हजार करोडको मालिक, तर कसरी ?

२०७५, १३ भाद्र बुधबार १३:१६

नयाँ दिल्ली | भारतको ख्यातीप्राप्त कम्पनी Oyo Rooms ले ठुला-ठुला रअनुभवी बिजनेसम्यान तथा लगानीकर्ताहरुलाई सोच्न बाध्य बनाइदिएको छ । भारतको ओयो रूम्स कम्पनीको शुरुआत १७ बर्षका एक युवकले गरेका थिए, जसको मूल्य अहिले करिव १० हजार करोडसम्म पुगेको छ, साथै यसको बुकिंगमा हरेक ३ महिनामा ३० प्रतिशत बढ्दै गएको छ । 


यस कम्पनीका फाउन्डर रितेश अग्रवाल हुन् | जसले १७ बर्षको उमेरमा इंजीनियरिङ छोडेर यो कम्पनी खोलेका थिए । यो कम्पनी सुरु गर्दा उनले कसैले मद्धत बिनानै शुरु गरेका थिए र सिर्फ ६ बर्षमै १० हजार करोडको बनेको छ । एक अन्तर्वार्तामा उनले भने अनुसार शुरुआती दिनमा उनीसँग भाडा तिर्नको लागि समेत पैसा थिएन । उनले कयौं रात सिढीमै बिताएका थिए । संचार माध्यमका अनुसार उनि सिम कार्ड पनि बेच्थे ।

सुरुमा रितेशले एक वेबसाइट बनाएका थिए । जहाँ उनले सस्तो र किफायती होटलहरुको बारेमा जानकारी अपडेट गरेका थिए । जुन वेबसाइटको नाम थियो – 'ओरावल' । रितेशलाई केहि दिन वेबसाइट चलाएपछी लाग्यो कि नामको कारण मानिसहरुले वेबसाइट बुझेनन् । यसैले उनले २०१३मा वेबसाइटको नाम फेरेर OYO Rooms राखे ।

यसरी आयो आइडिया ?


सन २००९ मा रितेश भारतको देहरादून र मसूरी घुम्न गएका थिए । त्यहाँबाट उनले यो बिजनेसको बारेमा आइडिया जाने । उनले अनलाइन सोशल कम्युनिटी बनाउने बारे सोचे, जहाँ एकै प्ल्याटफर्ममा मालिक र सेवा प्रदायकको सहायताले पर्यटकहरुलाई कोठा र खाना उपलब्ध गराउन सकियोस् । फेरी २०११ मा  रितेशले ओरावेलको शुरुवात गरे । उनको यो आइडियाबाट प्रभावित भएर गुणगाउँका मनीष सिन्हाले ओरावेलमा शेयर हाले र को-फाउण्डर बने ।

त्यसपछि २०१२ मा ओरावेललाई आर्थिक रुपमा सफलता मिल्यो । 

आज पुरै भारतमा यसको ८,५०० होटलहरुमा ७०,००० भन्दा बढी कोठा छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने