२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रीमतीलाई डिभोर्स दिएर आफ्नै छोरीसँग विहे !

१७ आश्विन २०७५, बुधबार १२:१२

एउटा बाबुका लागि आफूले जन्म दिएको सन्तान प्राण भन्दा प्यारो हुन्छ । छोरीका लागि आफ्नो बाबु अभिभावक मात्र नभई भगवान सरह हुन्छन् । यस्तै बाबुका लागि छोरी घरकी लक्ष्मी जस्तै मानिन्छ । नेपाली समाजमा बाबु–छोरीको सम्बन्ध पवित्र मानिन्छ । तर, अमेरिकामा एउटा यस्तो घटना बाहिरिएको छ, जुन सुन्दा पनि सबैको होश हवास उठ्छ ।

अमेरिकाका एक बाबुले घरकी श्रीमतीलाई डिभोर्स दिएर आफ्नै छोरीलाई विहे गरेका छन् । अमेरिकाको कनेक्टिकटस्थित न्यू मिलफोर्ड टाउनमा स्टीवन प्लाडले आफ्नी श्रीमतीलाई तब डिभोर्स दिए जब उनकी १९ वर्षे छोरी ९केटी नाम गरेकी० गर्भवती थिइन् । श्रीमती हुँदाहुँदै छोरीसँग अवैध सम्बन्ध राखेका स्टिवनले गर्भवती भएपछि श्रीमतीलाई डिभोर्स दिए र छोरीसँग विहे गरी वैधानिक रुपमै श्रीमती बनाए । श्रीमती नहुँदा उनी छोरीलाई श्रीमतीकै रुपमा हेर्थे र सम्बन्ध राख्दै आएका थिए ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार विहेपछि छोरी अर्थात नयाँ श्रीमतीले बच्चा जन्माएकी छन् । बच्चा जन्माएको ७ महिनासम्म सम्बन्ध ठिकै चल्दै थियो । तर, फेरि अर्को समस्या देखियो । छोरी अर्थात नयाँ श्रीमतीले उनलाई छोडेर अर्कै पुरुषसँग हिंडिन् । आफूलाई छाडेपछि तनावमा परेका स्टिवनले केटी, बच्चा र शरण दिने पुरुषको घरमा घुसेर गोली हानी हत्या गरे । त्यसपछि आफैलाई गोली हानेर आत्महत्या गरे ।

प्रहरीले केटी र पुरुषको शव पिकअप ट्रकमा फेला पारी बरामद गरेको छ भने बच्चाको शव घरभित्र भेटाएको छ । प्रहरी अनुसन्धानमा स्टिवन र केटी अवैध सम्बन्ध राखेको आरोपमा यसअघि पनि पक्राउ परिसकेका थिए । केटीकी आमाको उजुरीका आधारमा उनीहरु पक्राउ परेका थिए । तर, दुबैको मन मिलेपछि कस्को के लाग्थ्यो र प्रहरीले छोडिदियो । त्यसपछि स्टिवनले श्रीमतीलाई डिभोर्स दिएर छोरीसँग औपचारिक सम्बन्ध गाँसेका थिए । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता