१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लिङ्ग परिवतर्न गरि बिहे गरेका दुई युवती ५ वर्षपछि डिभोर्स माग्दै अदालत पुगे !

१९ आश्विन २०७५, शुक्रबार १२:४१

लिङ्ग परिवर्तन गरेर एकापसमा बिहे गरेका दुई युवती डिभोर्स माग्दै अदालत पुगेका छन् । यो घटना भारतको हरियाणा राज्यको हो । बिहीबार दुवै युवती जिल्ला महिला एवम् बाल संरक्षक अधिकारी कार्यालय पुगे । समाचार अनुसार पाँच वर्षअघि लिङ्ग परिवर्तन गरेर एक युवती पुरुष बनेकी थिइन् । पुरुष बनेकी उनले आफ्नै साथीसँग बिहे पनि गरिन् । 

बिहेपछि उनीहरुले अढाई सालको एक बालकलाई छोराका रुपमा अपनाए पनि । दुवै युवतीले निवेदन दिएपछि जिल्ला महिला एवम् बाल संरक्षक अधिकारीको टिमले दुवैलाई सुनुवाइका लागि बोलाएको छ । 

सोनीपत निवासी महिलाले जिल्ला महिला संरक्षण अधिकारी कार्यालयमा दिएको उजुरीमा पटियाला चौक क्षेत्र निवासी युवतीसँग आफ्नो बिहे भएको खुलाएकी छन् । 

पाँच वर्ष पहिले उनकी साथीले लिङ्ग परिवर्तन गराएपछि दुवैले बिहे पनि गरे । त्यसपछि दुवै पति-पत्नी बनेर बस्न थाले । तर महिलाबाट पुरुष बनेकी उनकी साथी कुनै काम गर्दिन थिइन् । आर्थिक अवस्था कम्जोर भएपछि घर चलउन संकट पर्‍यो । त्यहीकारण उनीहरुबीच झगडा पनि हुन थाल्यो । अहिले आएर दुवैजना एकअर्कासँग बस्न नसक्ने भन्दै डिभोर्सका लागि अधिकारीकहाँ पुगेका हुन् । 

५ वर्षअघि लिङ्ग परिवर्तन गराएर दुवै बिहे गरेका थिए । अहिले आएर युवतीले यो बिहेबाट अलग हुन डिभोर्सको माग गरेकी हुन् । निवेदन परेपछि दुवै पक्षलाई कार्यालयमा बोलाइएको छ। जहाँ अब दुवै पक्षबीच छलफल हुनेछ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल