२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वेवसाइटमा गर्लफ्रेण्ड सेकेण्ड ह्याण्डमा बिक्रिमा, बोली लाग्यो ७० हजार २ सय डलरसम्म

२०७५, २२ आश्विन सोमबार १५:४५

असोज २२, एजेन्सी | एकजना युवकले आफ्नै गर्लफ्रेण्डलाई सेकेण्ड ह्याण्डमा बिक्रीमा राखेका छन् ।

एकपटक प्रयोग भैसकेका सामानहरुको खरीद बिक्री हुने अनलाइन प्लेटफर्म इ बेमार्फत् उनले आफ्नै गर्लफ्रेण्डलाई बिक्रीमा राखेका हुन् ।

इबेमा गर्लफ्रेण्डलाई बिक्रिमा राख्दै उनले लेखेका थिए, ‘खरीद गरिसकेपछि तपाइँले यो चिज प्रयोग भैसकेको हो भन्ने थाहा पाउनुहुनेछ ।’ इबेमा गर्लफ्रेण्डका बारेमा थप परिचय गराउँदै उनले अलिकति मात्र वा कामै नलाग्ने खालको रहेको र निरन्तर कराइरहने खालको रहेको उनले लेखेका छन् ।

गर्लफ्रेण्डको जिउ बाहिरबाट राम्रो देखिएपनि भित्र चाहीँ च्यातिएको उनले उल्लेख गरेका छन् । साथै पछिल्लो भाग चुहिरहने र टाल्नै नसकिने खालको रहेको उनले बताएका छन् ।

३४ वर्षका डेल लिक्स आफ्नी ३७ वर्षकी गर्लफ्रेण्ड केली ग्रिभ्सलाई सेकेण्ड ह्याण्डमा बिक्रिमा राखेका हुन् । तर उनले सेकेण्ड ह्याण्डमा बिक्रिमा राखेकी केलीलाई इबेमा ७० हजार पाउण्डको बोली लागेपछि चाहीँ गर्लफ्रेण्डलाई तल्लो स्तरमा झार्ने उनको योजना तुहिएको छ ।


इबेमा गर्लफ्रेण्डलाई बिक्रिमा राखेसँगै उनले यतिधेरै मेसेज प्राप्त गर्न थाले कि मानिसहरु लगालग उच्च बोली लगाउन थाले । २४ घण्टामै ८१ हजार भ्यूज प्राप्त गर्नुका साथै १ सय भन्दा धेरैले बोली लगाए र ७० हजार २ सय डलर सम्मको बोली लाग्यो ।

बेलायतको एसेक्समा बस्ने डेलकी गर्लफ्रेण्ड खरीद गर्न चाहने कतिपयले चाहीँ खरीद गर्नुअघि एकपटक चिज परीक्षण गर्न चाहेको बताए भने कतिपयले यसअघि कतिजनाले वस्तु किनिसकेका छन् भनेर सोधे ।

वास्तवमा डेलले हसिमजाकको रुपमा गर्लफ्रेण्डलाई जानकारी दिएरै इबेमा त्यस्तो विज्ञापन राखेका थिए । त्यस्तो हसिमजाकलाई कसैले मतलब नै गर्नेछैनन् भन्ने गर्लफ्रेण्डको अनुमान थियो । तर त्यस्तो भएन । युरोप, अमेरिका, अष्ट्रेलिया जताततै बाट उनकी गर्लफ्रेण्ड खरीद गर्न चाहनेको धुइरो नै लाग्यो इबेमा ।

तर यो हसिमजाक धेरै समय टिकेन । २४ घण्टाभित्रै इबेले उक्त विज्ञापन हटाइदियो । मानिस तथा मानव अंगको किनबेच गर्न नपाइने भन्दै उसले उक्त विज्ञापनमा बन्देज लगाएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने