२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मान्छे खाने बाघ मार्न गरियो यस्तो कुकुर परिचालन !

२०७५, २६ आश्विन शुक्रबार ०८:१९

भारतको महाराष्ट्रमा पर्ने यवतमाल र  पाढरकावडा क्षेत्र एक नरभक्षी बघिनी (मादा टाइगर)का कारण चिन्तित छ ।  ‘टी १’ नामको यो बघिनीले पछिल्लो केही दिनभित्र यस क्षेत्रका १३ मानिस र कयौं जनावरहरु मारिसकेको छ बताइएको छ । 

यो बघिनीलाई समात्न वन विभागले प्रयास गरिरहेको छ तर पनि सफलता पाउन सकेको छैन । वन रेन्जरहरु यसलाई नियन्त्रणमा लिनका लागि दिनरात प्रयास गरिरहेका छन् । 


प्रशासनले बघिनी समात्न गएको सोमबार एक थप विकल्प अघि सारेको छ । बघिनीको शिकार गर्न ‘केन कोरसो’ प्रजातिको दुई कुकुर परिचालन गरिएको छ । यो कुकुरलाई शिकारी कुकुर मानिन्छ । 

भारतीय पत्रिका टाइम्स अफ इन्डियका अनुसार ‘टी १’बघिनीको शिकार गर्न प्रयोग गर्न लागिएको कुकुर हैदरावाद निवासी सार्पसुटर नवाब शफथ अलि खानको हो |

केन कोरसो निक्कै पुरानो जातको इटालियन कुकुर हो । यसलाई सम्पतीको सुरक्षा गर्न र जंगली भालुको शिकारको लागि विकास गरिएको हो ।


यो नश्लको कुकुर निक्कै बलियो हुन्छ र यो बाघसँग पनि डराउँदैन । इतिहासलाई हेर्ने हो भने यसले रात्रीकालिन चौकिदारको भूमिका निभाउँछन् । 

अमेरिकन केनेल क्लबका अनुसार यो कुकुरको उचाई २५ देखि २८ इन्च हुन्छ र जीवनकाल ९–१२ वर्षको हुन्छ । ४५–५० किलो सम्म वजन हुने यो कुकुरको टाउको निक्कै ठूलो हुन्छ  । यो कुकुर फुर्तिलो, तालिम दिन योग्य, निडर हुने गर्दछ । 

–बीबीसीको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने