२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकै लामो पुल: के-के छन् यसका बिशेषता ?

२०७५, ७ कार्तिक बुधबार ०२:३३

कात्तिक ७, जुहाई (एजेन्सी) | चिनिया राष्ट्रपति सी चिनफिङले विश्वकै लामो सामुद्रिक पुल (मेगा ब्रिज) को उद्घाटन गरका छन् । ५५ किलोमिटर लामो पुलले हङकङ, मकाउ र चीन जोड्नेछ । यो पुल बुधबारदेखि खुल्ला भएको छ । यस पुलले हङकङ, चीन र मकाउबीचको व्यापारमा वृद्धि गर्ने तथा यात्रा सहज हुने आंकलन गरिएको छ ।

यस पुलको बिशेषता निम्नानुसार रहेको छ: 

पुलको कुल लागत खर्च: २० अर्ब अमेरिकी डलर

निर्माण समय: ९ वर्ष 

मजदुर: १४ हजार मजदुर र ३ सय जहाज परिचालित

क्षेमता: आठ रेक्टर स्केलको भूकम्प तथा सामुद्रिक आंधी समेत थेग्न सक्ने 

निर्माण सामग्री: ४ लाख टन स्टिलको प्रयोग 


यो पुल निर्माणमा र विगतमा चीनको जुहाई र हङकङबीचको यात्राका लागि ४ घण्टासम्म लाग्ने गरकोमा पुल निर्माणपछि ३० मिनेट मात्र लाग्नेछ । पुल पर्ल रिभर डेल्टा समुद्रमाथि ३० किलोमिटर छ भने समुद्रमुनि ६.७ किलोमिटर लामो सुरुङ बनाइएको छ । बाँकी भाग भने जमिनमा निर्माण गरिएको छ ।

५० वर्षसम्म स्वायत्त प्रशासन चलाउन स्वतन्त्र रहेका यी दुई क्षेत्र आफ्नो नियन्त्रणमा रहेको सन्देश दिन चीनले यो पुल निर्माण गरको बताइएको छ । यो पुलमा गाडी चलाउन कोटा सिस्टममा आधारित प्रवेशाज्ञा अनिवार्य रूपमा लिनुपर्छ र सबै गाडीले कर तिनुपर्नेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने