१४ पुष २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जब नातिनीले आफ्नै हजुरबासँग प्रेम विवाह गरिन् !

२७ कार्तिक २०७५, मंगलवार ०८:३४

अमेरिकाको फ्लोरिडामा एक २४ वर्षे युवतीले ६८ वर्षका वृद्धसँग बिहे गरिन् । कुनै गहिरो प्रेम बसेर वा बाध्यताले होइन उनले बिहे गरेको । ती वृद्ध निकै नै धनी रहेको थाहा पाएपछि उनले आफूभन्दा ३ गुणा जेठा वृद्धसँग बिहे गरेकी हुन् ।

मनग्गे सम्पत्ति भएको बुढासँग बिहे गरेपछि जीवनमा ऐश आराम गर्न पाइन्छ भन्ने लोभले ती युवतीले दुनियाँलाई तीनछक पार्नेगरी बिहे त गरिन् तर जब बिहेपछि जुन सत्यको पर्दा उघारियो त्यसले ती युवती सायद जीवनभर नपखालिने दाग बोक्न बाध्य भइन् ।

बिहेपछि वृद्ध लोग्नेको बारेमा जब उनलाई यथार्थ कुरा थाहा भयो, तब उनको विस्मातकाे सीमा रहेन । वास्तवमा जुन वृद्धसँग उनले पैसाको लोभमा परेर बिहे गरेकी थिइन् आखिरमा ती वृद्ध त उनकै हजुरबुवा पो रहेछन् ।

बिहेअघि ती वृद्धसँग उनको हल्का चिनापर्ची भएको थियो । दुवैजनाले राजीखुसीले बिहे गरे र मियामीस्थित गोल्डेन बिचमा रहेको वृद्धको घरमा रोमाञ्चक पलहरु बिताउन सुरु गरे । एकदिन जब ती बेहुलीले पतिको घरमा राखेको फोटो एल्बम हेरिरहेकी थिइन्, तब उनी झसँग भइन् । एल्बममा रहेको एउटा फोटोमा ती युवतीका बुवा पनि थिए । त्यसपछि आफ्ना बुवाको फोटो यहाँ कसरी आयो ? के तपाइँले वहाँलाई चिन्नुहुन्छ ? भनेर सोधिन् । ती वृद्ध पतिले जुन जवाफ दिए, त्यो अकल्पनीय थियो । वास्तवमा ती युवतीका पिता उनका लोग्नेकै छोरा रहेछन् । अर्थात् उनले आफ्ना साख्खै हजुरबुवासँग बिहे गरेकी रहेछिन् ।

आखिर हुने हुनामी भैसक्यो । उनीहरुले हजुरबुवा–नातिनीबीचको यस्तो पवित्र नातालाई धुमिल बनाइसके । अब प्रायश्चित गर्दै उनीहरु छुट्टिएलान् कि भन्ने अपेक्षा थियो । तर उनीहरु लोग्ने स्वास्नीकै सम्बन्धमा जीवन बिताउने निधो गरेका छन् ।

रोचक त के भने यी वृद्ध पनि केटी खेलाउने मामिलामा खुबै खेलाडी नै रहेछन् । उनको यो तेश्रो बिहे रहेछ । यी दुईको चिनजान डेटिङ वेबसाइटमार्फत भएको रहेछ । त्यसपछि उनीहरुबीच एक रेष्टुरेन्टमा भेटघाट भयो र सम्बन्ध अघि बढ्यो । ती वृद्ध ब्वायफ्रेण्ड निकै धनी रहेको थाहा पाएपछि युवतीले बिहेअघि नै आफ्नो शरीर सुम्पिसकेकी थिइन् ।

हुनत वृद्धसँग सम्बन्ध हुनु अगावै ती युवतीले अरु कुनै पुरुषसँग शारीरिक सम्बन्ध कायम गरी गर्भवती भएकी रहेछिन् । अविवाहित छोरी गर्भवति भएको थाहा पाएपछि उनका बाबु आमाले उनलाई घरबाट निकालिदिएका रहेछन् । घरबाट निकालिएर जिवन चलाउनै गाह्रो परिरहेको बेलामा धनाढ्य वृद्धलाई प्रेमजालमा पारी उनले बिहे गर्न सफल भइन् । तर त्यसरी बिहे गरेको वृद्ध आफ्नै हजुरबा होला भन्ने कुरा चाहीँ उनले सायद कल्पना पनि गरेकी थिइनन् ।

समाचार अनुसार ती युवतीले आफ्ना हजुरबालाई जान्ने भएदेखि कहिल्यैपनि देखेकी रहेनछिन् । त्यसैले डेटिङ साइटमार्फत चिनजान भएर रेष्टुरेन्टमा भेटघाट गर्दा र सम्बन्ध अघि बढाएर बिहे गर्ने बेलासम्म पनि उनले आफ्नै हजुरबालाई चिन्न सकिनन् । हजुरबाले पनि आफ्नै नातिनीालई चिन्न नसक्दा पापको भागिदार हुनुपर्यो ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेयर बालेनले गरे पूर्वमेयर पिएल सिंहको सालिक बनाउने घोषणा दुर्घटनाग्रस्त दक्षिण कोरियाली यात्रुवाहक विमानको ‘ब्ल्याक बक्स’ भेटियो अजरबैजान एयरलाइन्स दुर्घटनामा रुसी राष्ट्रपति पुटिनले किन मागे माफी ? पर्सामा प्रधानमन्त्री अ‍ोलीलाई पहिर्‍याईयो १८० किलोको माला दक्षिण कोरियामा जहाज दुर्घटना: १७६ जनाको शव भेटियो, तीन जना बेपत्ता सहकारीसम्बन्धी अध्यादेश: अब एकजनाले १० लाखभन्दा बढी बचत गर्न नपाउने आजपाद्वारा काठमाडौँमा विरोध प्रदर्शन वडाध्यक्ष रोजिना श्रेष्ठलाई पार्टी जिम्मेवारीबाट मुक्त गर्न रास्वपाभित्र माग सर्लाहीमा २ वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु टिकटकमाथि प्रतिबन्ध लगाउने कानुन अघि नबढाउन अदालतलाई ट्रम्पको आग्रह विमान दुर्घटनापछि जेजु एयरले माग्यो माफी राष्ट्रपतिबाट सहकारीसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश जारी ७० अर्ब निक्षेप संकलन गर्न राष्ट्र बैंकले गर्यो बोलकबोल आव्हान काठमाडौँमा किशोरीलाई ललाई फकाई गरी सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ विद्यालयका प्रधानाध्यापकले छात्रालाई यौन दुर्व्यवहार गरेको भन्दै प्रशासनअघि विद्यार्थीको प्रदर्शन लुक्लाबाट काठमाडौं आउँदै गरेको हेलिकप्टरमा चरा ठोक्कियो, साँगामा आकस्मिक अवतरण भुसाललाई रिमालको चुनौतीः ह्याउ भए बनाऊ आफ्नै घर, अरूको घरको बाल मतलब दक्षिण कोरिया विमान दुर्घटना: अवतरणको क्रममा धावनमार्गमा चिप्लिएर बारमा ठोक्कियो विमान, १७९ जनाको मृत्यु (अपडेट) आज साताको पहिलो कारोवार दिन घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? दक्षिण कोरिया विमान दुर्घटना: मृत्यु हुनेको संख्या ४७ पुग्यो