३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सोमबारको दिन केटाहरुलाई यस्तोसम्म छुट !

३० कार्तिक २०७५, शुक्रबार ०९:५१

दुनियाँका चलनहरु पनि कस्ता कस्ता ? दुनियाँमा यस्ता ठाउँ पनि रहेछन्, जहाँ सोमबारको दिन केटाहरुलाई मनलाग्दी गर्न छुट दिइन्छ ।

मध्य युरोपेली देशहरु पोल्याण्ड, चेक गणतन्त्र तथा पूर्वी युरोपेली देश युक्रेनमा एक खास सोमबार विशेष विदा हुन्छ । उक्त दिन युवकहरु आफ्नो मनपर्ने युवतीलाई मज्जाले भिजाउन पाउँछन् ।

ती देशहरुमा वेट मन्डे अर्थात् भिजेको सोमबार नामक पर्व मनाइन्छ । इस्टर पर्वको सोमबारका दिन त्यहाँ मानिसहरु एक अर्कालाई पानीले भिजाएर रमाइलो पर्व मनाउँछन् । यसरी एक अर्कामा पानी छेप्नाले पाप पखालिने विश्वास छ । तर एक खास कारणबाट केटाहरुलाई त्यसो गर्नमा छुट दिइएको हुन्छ ।

परम्परा अनुसार यदि गाउँ वा त्यस क्षेत्रकी सबैभन्दा सुन्दर महिलालाई यदि कुनै पुरुषले पानीले भिजाउँछ र ती महिलाले प्रतिवाद गर्दिनन् भने त्यो भिजाउने पुरुषले जिवनमा गरेका पापहरु मेटिन्छन् भन्ने विश्वास छ ।

तर समय बदलिएसँगै पछिल्लो समय केटाहरुले जो सुकै केटीहरुलाइ पनि पानीले भिजाइदिने गरेका छन् । कतिपय अवस्थामा छ पानी हान्ने र प्रतिवाद गर्ने सिलसिलामा विवाद र झगडा पनि हुने गरेको छ ।

सोमबारको दिन केटाले केटीलाई पानीले भिजाएर पाप पखाल्छन् भने अर्को दिन मंगलबार केटीहरुका लागि छुट्टाइएको हुन्छ । त्यस दिन केटीहरुले केटालाई पानीले भिजाएर पाप पखाल्ने परम्परा छ । तर पछिल्लो समय चाहीँ सोमबारै केटा र केटीले एक आपसमा पानी हानाहान गर्ने गर्दछन् ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट