२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जब धोकाबाट आक्रोसित भएकी युवतीले प्रेमीको हत्या गरि शवलाई काटेर मासु पकाइन् !

२०७५, ८ मंसिर शनिबार ११:४५

दुनियाँमा कतिसम्म निर्दयी तथा क्रूर मानिसहरु समेत छन् भन्ने उदाहरण एक युवतीले पेस गरेकी छन् ।

प्रेममा धोका पाएको झोंकमा ती युवतीले आफ्ना भूपू प्रेमीलाई मारिन् अनि मृतकको मासुबाट भोजन बनाएर मजदूरहरुलाई खुवाइन् ।

खलीज टाइम्सको रिपोर्ट अनुसार यो घटना मोरक्कोको हो । ३० वर्षीया ती महिला ३ वर्षदेखि एकजना युवकसँग प्रेम सम्बन्धमा थिइन् । जब प्रेमीले अर्को महिलासँग बिहे गर्न लागेको उनलाई जानकारी दिए, तब उनी क्रुद्ध बनिन् ।

प्रेमीको धोकाबाट आक्रोसित उनले हत्या गरिन् । अनि मृतकको शवलाई काटेर मासु पकाइन् । त्यसरी पकाएको मासु उनले पाकिस्तानी श्रमिकहरुलाई खुवाइन् । बाँकी रहेको मासु कुकुरलाई खुवाइन् ।

घटना केही महिनाअघि हो । तर, यसको खुलासा भने केही ढिलो गरी भएको समाचारमा उल्लेख छ । मृतकका भाइ दाजुको खोजी गर्न भन्दै ती युवतीको घरभित्र छिरेको बेला मानिसको दाँत देखेपछि घटनाको पोल खुलेको हो । सुरुमा युवतीले भूपू प्रेमीबारे थाहा नभएको बताइन् । तर, मृतकका भाइले उनको कुरा पत्याएनन् र प्रहरीमा नालिस दिए । प्रहरीले केरकार गरेपछि उनले आफ्नो अपराध स्वीकारिन् । डीएनए परीक्षणबाट समेत उक्त दाँत उनकै भूपू प्रेमीको रहेको प्रमाणित भयो ।

एकजना साथीको सहयोगमा आफुले ब्वायफ्रेण्डको हत्या गरेको बयान ती युवतीले प्रहरीसमक्ष दिएकी छन् । वयानका क्रममा प्रेमीको मासु मजदुर र कुकुरलाई खुवाएको समेत उनले स्वीकारेकी छन् ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते