३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पिसाब बेचेरै दैनिक २० हजार कमाइ !

११ मंसिर २०७५, मंगलवार ०७:२४

भनिन्छ, भाग्य हुनेका लागि तालुमा आलु फल्छ । जब भाग्यले साथ दिन्छ र मानिसले आफ्नो कलाको आइडिया लाउँछ तब मनग्गे पैसा कमाउन कुनै पहरो फोर्नु पर्ने रहेनछ । यो दुनियामा आफ्नै पिसाब बेचेर पनि मानिसहरु करोडपति बन्ने रहेछन् ।

अमेरिकाको फ्लोरिडामा एक युवती आफ्नो पिसाब बेचेर घरमै बसीबसी लाखौँ कमाउँथिन् भन्दा पत्यार नलाग्न सक्छ । जब मानिसहरुलाई ती युवतीको त्यो कर्मको बारेमा थाहा भयो तब सबै अचम्ममा परे । आखिर उनको पिसाबमा त्यस्तो के छ ? जसलाई किन्नका लागि मानिसहरु बेचैन हुन्छन् ?

घटना अनुसार एकजना कलेज पढ्ने युवतीले दुई वर्ष पहिले अनलाइनमा एक विज्ञापन दिइन् आफ्नो पिसाब बिक्रि समबन्धमा । आफु ३ महिनाको गर्भवती रहेको हुँदा प्रेग्नेन्सी परीक्षणका साथै पिसाबलाई कुनै विशेष काममा प्रयोग गर्न चाहनेले आफ्नो पिसाब खरीद गर्न सक्ने कुरा उनले विज्ञापनमा उल्लेख गरेकी थिइन् । उनले आफ्नो पिसाबको एक वा दुई थोपाको मूल्य २५ डलर पर्ने बताएकी थिइन् ।

सोसल मिडियामा उनको विज्ञापन भाइरल बन्यो । पिसाब किन्न चाहनेको होडबाजी नै भयो । रोचक त के भने उनको पिसाब किन्न चाहनेमा धेरै जसो महिला तथा युवतीहरु नै थिए । यसरी ती युवतीले आफ्नो पिसाब बेचेरै दिनमा २ सय डलर कमाउन थालिन् ।

आखिर उनको त्यो पिसाब किन्नका लागि महिलाहरु किन मरिहत्ते गरे त ? यसको पनि रोचक नै रहेछ कारण रहेछ । खासगरी ती गर्भवती युवतीको पिसाबलाई अन्य युवतीले आफ्नो ब्वाईफ्रेन्डलाई ब्लाकमेल गर्नमा प्रयोग गर्दा रहेछन् । बिहे गर्ने बचन दिएर यौन सम्पर्क गर्ने तर पछि बिहे नगर्ने भनेर तर्किने प्रेमीहरुलाई आफु गर्भवती भैसकेको भनेर तर्साउनका लागि उनीहरुले किनेको पिसाबबाट प्रेग्नेन्सी टेस्ट गरी पोजिटिभ रिजल्ट प्रेमीहरुलाई देखाउने रहेछन् ।

तर उनको त्यो पिसाब किन्नेहरुले त्यसलाई के के मा प्रयोग गर्थे भन्ने उनलाई थाहा थिएन । पिसाब बेचेर उनले लाखौँ कमाइन् र आफ्नो कलेजको शुल्क तिर्नका लागि त्यो पैसा प्रयोग गरेको उनी बताउँथिन् ।

एक समाचार च्यानलले स्टिङ्ग अपरेसन गरी त्यो पिसाब बिक्रिको यथार्थ कथा बाहिर ल्याइदियो । पत्रकार ग्राहक बनेर ती युवतीसम्म पुगे । त्यतिबेला उनले पिसाब बेचेर दिनमै २० हजार रुपैयाँ बराबरको रकम कमाउँथिन् । तर जब सञ्चार माध्यममा समाचार आयो तब विज्ञापन साइटले पिसाब बिक्रिको त्यो विज्ञापन हटाएको थियो । अनि पिसाब बेच्ने ती युवतीको धन्दा पनि बन्द भएको थियो ।

– एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता