२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यूट्युबमार्फत दुनियाँमै सबैभन्दा धेरै कमाइ गरे ७ वर्षीय बालकले, उनको कमाइ कति ?

१८ मंसिर २०७५, मंगलवार ११:००

सोच्नुहोस् त, एउटा सात वर्षको बच्चाले व्यवसायिक काम गर्न सक्छ? कमाउन सक्छ? कमाइ हाले पनि कति रूपैयाँ कमाउला?

यी सबको जवाफ दिएका छन् रेयान नामका बालकले जो मात्रै सात वर्षका छन्।

फोर्ब्स पत्रिकाले रेयानलाई सन् २०१८ मा संसारमै धेरै आम्दानी गर्ने यूट्युब स्टार भनेको छ। उनले यो वर्ष जुन १ तारिखसम्म करिब २ करोड २० लाख (२२ मिलियन) डलर कमाएको फोर्ब्सले जनाएको छ। 

रेयान २०१७ मा पनि यो सूचीमा परेका थिए। रेयानको गत वर्षको कमाइ १ करोड १० लाख डलरभन्दा बढी थियो। उनी धनाढ्य यूट्युब स्टार सूचीको आठौं स्थानमा थिए। यो वर्ष भने उनको कमाइ दोब्बर भएसँगै उनी एक नम्बरमा परेका हुन्। 

यूट्युबका ‘स्टार’ को धनाढ्य सूचीमा करिब २ करोड १५ लाख डलर कमाएर जेक पल दोस्रो नम्बरमा परेका छन्। तेस्रो नम्बरमा २ करोड डलर कमाइ गर्ने ड्यूड परफेक्ट छन्।  

यी सबैलाई सात वर्षका बालक रेयानले उछिनेका हुन्। उनी हरेक हप्ता यूट्युबमा खेलौनाको समीक्षा गर्छन्। उनको च्यानल ‘रेयान ट्योज रिभ्यु’ का भिडियो करोडौंपटक हेरिएका छन्। यो च्यानलमार्फत् उनले आफ्ना दर्शकलाई खेलौनाको ‘छुट्टै संसार’ लैजाने टिप्पणी विश्लेषकले गरेका छन्। सन् २०१५ बाट सुरु भएको उनको च्यानलका भिडियो हालसम्म २६ अर्बभन्दा बढी पटक हेरिएका छन्।

कम उमेरमा सबभन्दा धेरै कमाउनेमा रेयानका बारेमा धेरै जानकारी भने नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। उनी अमेरिकाका हुन् भन्ने चाहिँ पुष्टि भएको बताइएको छ।

गत वर्ष रेयानकी आमाले अमेरिकी अखबार वासिङटनपोस्टलाई एक अन्तर्वार्ता दिएकी थिइन्। त्यसमा उनले रेयानका बारेमा थोरै कुरा बताएकी थिइन्। ‘रेयान सानै उमेरदेखि खेलौनाको सौखिन थियो,’ उनले भनेकी थिइन्, ‘ऊ टिभी र यूट्युबमा आउने रिभ्यु हेर्थ्यो। तीन वर्ष छदैंदेखि उसको यसमा लगाव छ।’

रेयानकी आमाले पनि आफ्नो परिचय दिन मानिनन्। ‘उसले मलाई सानैदेखि गनगन गर्थ्यो,’ उनले भनिन्, ‘म अरू बच्चा जस्तो यूट्युबमा किन देखिन्नँ भन्थ्यो। त्यसपछि हामीले उसलाई यो सम्भव छ बाबु भनेर सम्झायौं र खेलौना किन्न गयौं। पहिलोपटक हामीले उसलाई एक रेल किनिदियौं र यहीँबाट यो सब सुरु भयो।’

रेयानको एउटै भिडियो ८० करोडभन्दा बढीले हेरेका छन्। मार्च २०१५ मा सुरु भएको उनको च्यानलमा एक करोड ७३ लाखभन्दा बढी फलोअर छन्। एजेन्सी 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता