१४ पुष २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

झुण्डिएर आत्महत्या गरेकी गर्भवती महिलाको कोखबाट जिवित बच्चा जन्मियो !

७ पुष २०७५, शनिबार १०:०४

भारतको मध्यप्रदेशमा एउटा हृदयविदारक घटना भएको छ । स्थानीय कटनी जिल्लामा झुण्डिएर आत्महत्या गरेकी गर्भवती महिलाको कोखबाट जिवित बच्चा जन्मिएको छ ।

मृत महिलाबाट जन्मिएको बच्चाको अवस्था सामान्य रहेको बताइएको छ ।

गत बिहिबारको घटना हो यो । जब खिरहनी क्षेत्रकी लक्ष्मी सिंह नामकी गर्भवती महिलाले अज्ञात कारणले झुण्डिएर आत्महत्या गरिन् । झुण्डिएकी अवस्थामा उनको बच्चा जन्मिएछ ।

जन्मिएको बच्चा भुइँमा थियो । तर नाल भने मृतक आमासँगै जोडिएको थियो । त्यस्तो भयानक अवस्था देख्ने बित्तिकै परिवारजनले पुलिसलाई खबर गरे । एम्बुलेन्स सहित पुलिस आयो । एम्बुलेन्समा आएका डाक्टरले बच्चाको नाल काटे र छुट्टाए । सालनाल छुट्टाएसँगै जन्मिएको बच्चा र मृतक महिलालाई तत्कालै अस्पताल लगियो ।


बच्चालाई तत्कालै आइसीयुमा लगियो र उपचार थालियो । उपचारपछि बच्चाको स्वास्थ्य अवस्था सामान्य भएको छ ।

डाक्टरहरुका अनुसार ती महिला ९ महिनाको गर्भवती थिइन् । जन्मिएको बच्चाको तौल झण्डै दुई किलो छ ।

आमाको मृत्यु भएपछि गर्भको बच्चा गुरुत्वबलका कारण तल झरेर जन्मिएको ती महिलाका पति सन्तोष सिंहका अनुसार पत्नी अघिल्लो रात खाना खाएर सामान्य अवस्थामै सुतेकी थिइन्। परिवारमा कुनै झगडा भएको थिएन । तर विहान ६ बजे उठेर हेर्दा घरमा पत्नी नदेखेपछि उनले यताउता हेर्न थाले । जब उनी गाई बाँध्ने गोठमा गएर हेरे, पत्नी त्यहाँ पासो लगाएर झुण्डिएकी थिइन् । उनको मृत्यु भैसकेको थियो भने बच्चा चाहीँ जन्मिएर भुइँमा पल्टिरहेको थियो ।

सन्तोषले चिच्याएर गुहार माग्न थालेपछि सबै जम्मा भएर पुलिसलाई खबर गरेका थिए । ती महिलाले आत्महत्या गर्नुपर्नाको कारण चाहीँ अझै खुलेको छैन ।

-बीबीसी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन शाहको राजीनामा माग्दै कवाड संकलक आन्दोलनमा मेयर बालेनले गरे पूर्वमेयर पिएल सिंहको सालिक बनाउने घोषणा दुर्घटनाग्रस्त दक्षिण कोरियाली यात्रुवाहक विमानको ‘ब्ल्याक बक्स’ भेटियो अजरबैजान एयरलाइन्स दुर्घटनामा रुसी राष्ट्रपति पुटिनले किन मागे माफी ? पर्सामा प्रधानमन्त्री अ‍ोलीलाई पहिर्‍याईयो १८० किलोको माला दक्षिण कोरियामा जहाज दुर्घटना: १७६ जनाको शव भेटियो, तीन जना बेपत्ता सहकारीसम्बन्धी अध्यादेश: अब एकजनाले १० लाखभन्दा बढी बचत गर्न नपाउने आजपाद्वारा काठमाडौँमा विरोध प्रदर्शन वडाध्यक्ष रोजिना श्रेष्ठलाई पार्टी जिम्मेवारीबाट मुक्त गर्न रास्वपाभित्र माग सर्लाहीमा २ वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु टिकटकमाथि प्रतिबन्ध लगाउने कानुन अघि नबढाउन अदालतलाई ट्रम्पको आग्रह विमान दुर्घटनापछि जेजु एयरले माग्यो माफी राष्ट्रपतिबाट सहकारीसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश जारी ७० अर्ब निक्षेप संकलन गर्न राष्ट्र बैंकले गर्यो बोलकबोल आव्हान काठमाडौँमा किशोरीलाई ललाई फकाई गरी सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ विद्यालयका प्रधानाध्यापकले छात्रालाई यौन दुर्व्यवहार गरेको भन्दै प्रशासनअघि विद्यार्थीको प्रदर्शन लुक्लाबाट काठमाडौं आउँदै गरेको हेलिकप्टरमा चरा ठोक्कियो, साँगामा आकस्मिक अवतरण भुसाललाई रिमालको चुनौतीः ह्याउ भए बनाऊ आफ्नै घर, अरूको घरको बाल मतलब दक्षिण कोरिया विमान दुर्घटना: अवतरणको क्रममा धावनमार्गमा चिप्लिएर बारमा ठोक्कियो विमान, १७९ जनाको मृत्यु (अपडेट) आज साताको पहिलो कारोवार दिन घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?