१४ पुष २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आत्महत्या गरिरहेका युवकलाई जब रेडियो प्रस्तोताले प्रत्यक्ष प्रशारणबाटै बचाए !

१३ पुष २०७५, शुक्रबार ०७:०७

बेलायतमा एकजना रेडियो प्रस्तोताले प्रत्यक्ष प्रशारणबाटै आत्महत्या गरिरहेको अवस्थाबाट एक व्यक्तिलाई बचाएका छन् । लायन ली नाम गरेका रेडियो प्रस्तोताले चलाखीपूर्ण रुपमा आफ्नो फोन कलरलाई बचाएका हुन् ।


क्रिस नामका एक पुरुषले ड्रग्सको ओभरडोज लिएर रेडियो प्रस्तोता लायनलाई आफू अबको केही बेरमै मर्ने भन्दैफोन गरे । लायनले ३० मिनेटसम्म ती पुरुषसँग कुराकानी गरिरहे ।

यस क्रममा लायनले उनलाई प्रेरणादायी वाक्य बोलेरै अनेक प्रयत्न गरे । उनी रहेको ठाउँ पत्ता लगाए र कस्तो अवस्थामा रहेको सबै बुझिसकेका थिए ।

लायनले फोनमा भनेका थिए, ‘ठ्याक्कै कुन गल्लीमा बस्छौ तिमी ? म तिमी यो रातभर रहेको देख्न चाहन्छु र भोलि मसँग कुरा गर भन्ने चाहन्छु । तिमी यही रात मरेको देख्न चाहन्नँ म । किनकी म तिमीलाई माया गर्छु । म तिमीलाई माया गर्छु भाइ । म तिमीलाई माया गर्छु !’

यसरी लालित्यपूर्ण कुरामै क्रिसलाई अलमल्याएर उद्धारकर्मी त्यहाँ पठाउन चाहन्थे लायन । यही क्रममा लायनका प्रोड्युसरले आपतकालिन सेवाका लागि फोन गरेर क्रिसको ठाउँ र हुलियाबारे जानकारी गराए । केही बेरमै प्रहरी अधिकारीहरु क्रिसलाई बचाउन पुगे । अन्ततः एकजना रेडियो प्रस्तोताकै पहलमा क्रिसको उद्धार भयो । एजेन्सी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खेलकुद संघलाई कारबाही गर्दैछु, हस्तक्षेप नहोस्: मन्त्री चौधरीले काठमाडौँको कागेश्वरीमा गोली चल्यो, पति-पत्नी घाइते बालेन शाहको राजीनामा माग्दै कवाड संकलक आन्दोलनमा मेयर बालेनले गरे पूर्वमेयर पिएल सिंहको सालिक बनाउने घोषणा दुर्घटनाग्रस्त दक्षिण कोरियाली यात्रुवाहक विमानको ‘ब्ल्याक बक्स’ भेटियो अजरबैजान एयरलाइन्स दुर्घटनामा रुसी राष्ट्रपति पुटिनले किन मागे माफी ? पर्सामा प्रधानमन्त्री अ‍ोलीलाई पहिर्‍याईयो १८० किलोको माला दक्षिण कोरियामा जहाज दुर्घटना: १७६ जनाको शव भेटियो, तीन जना बेपत्ता सहकारीसम्बन्धी अध्यादेश: अब एकजनाले १० लाखभन्दा बढी बचत गर्न नपाउने आजपाद्वारा काठमाडौँमा विरोध प्रदर्शन वडाध्यक्ष रोजिना श्रेष्ठलाई पार्टी जिम्मेवारीबाट मुक्त गर्न रास्वपाभित्र माग सर्लाहीमा २ वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु टिकटकमाथि प्रतिबन्ध लगाउने कानुन अघि नबढाउन अदालतलाई ट्रम्पको आग्रह विमान दुर्घटनापछि जेजु एयरले माग्यो माफी राष्ट्रपतिबाट सहकारीसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश जारी ७० अर्ब निक्षेप संकलन गर्न राष्ट्र बैंकले गर्यो बोलकबोल आव्हान काठमाडौँमा किशोरीलाई ललाई फकाई गरी सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ विद्यालयका प्रधानाध्यापकले छात्रालाई यौन दुर्व्यवहार गरेको भन्दै प्रशासनअघि विद्यार्थीको प्रदर्शन लुक्लाबाट काठमाडौं आउँदै गरेको हेलिकप्टरमा चरा ठोक्कियो, साँगामा आकस्मिक अवतरण भुसाललाई रिमालको चुनौतीः ह्याउ भए बनाऊ आफ्नै घर, अरूको घरको बाल मतलब