२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जब दुलही बुलेट बाइक चलाएर जन्तीसहित दुलाहा लिन पुगिन् !

२०७५, २० पुष शुक्रबार ०६:३०

विवाहमा दुलाहा जन्ती लिएर दुलहीको घर जान्छन् भन्ने सबैलाई थाहा भएकै कुरा हो । तर दुलही जन्ती लिएर दुलाहाको घर गइन् भन्दा तपाईलाई अचम्म लाग्न सक्छ । बुधबार भारत पुनेमा यस्तै रमाइलो घटना घटेको छ । त्यहाँ एउटा विवाह भइरहेको थियो जुन अरु सामान्य विवाहभन्दा फरक थियो । अरु विवाहमा दुलाहा जन्ती लिएर दुलहीको घर जान्छन् तर यहाँ भने दुलही बुलेट मोटरसाइकल लिएर जन्तीसहित ५ किलोमिटर पर रहेको दुलाहाको घरमा पुगिन् र त्यहीँ बनाइएको मण्डपमा वैवाहिक कार्यक्रम अगाडि बढ्यो ।


दुलही थिइन् दौ‌डको केडगाउँकी कोमल देशमुख ।

दुलहीका बाबु एक स्थानीय किसान हुन् । कोमलले समाजलाई महिलाहरु पनि कुनै हिसाबले कम छैनन् भन्ने सन्देश दिन यस्तो अलि अनौठो खालको काम गरेको बताइन् ।

उनले जन्ती लिएर जानु केटाहरुको मात्र कपिराइट नभएको अव्यिक्ति दिएकी छिन् । कोमल देशमुख दुलहीको भेषमा विवाहका लागि बुलेट मोटरसाइकलमा निस्किँदा वरपरका देख्नेहरुले कुनै शुटिङको दृश्य झै मानिरहेका थिए । 

टलक्क टल्किने बुलेट मोटरसाइकलमा बसेकी कोमलले दुलही रातो पहिरन र कालो चश्मा लगाएकी थिइन् । आफू मोटरसाइकल चलाएर दायाँबायाँ र अगाडिपछाडि दर्जनौं कारहरुको ताँती लगाएर उनी ५ किलोमिटरको यात्रा तय गर्दै दुलाहाको घरमा पुगेकी थिइन् । 

पछि उनका बाबुले त्यही बुलेट मोटरसाइकल उनलाई उपहार दिएका थिए ।

छोरीले बुलेटमा दुलाहाको घर जाने इच्छा व्यक्त गरेको र त्यसमा दुलाहाका घरतर्फबाट पनि सकारात्मक प्रतिक्रिया आएकाले बुलेट मोटरसाइकलमा जन्ती लिएर दुलाहाको घर जाने व्यवस्था मिलाइदिएको कोमलका बाबुले बताए ।

बुलेट मोटरसाइकल लिएर कोमल दुलाहाको घर पुग्दा दुलाहाका छरछिमेकीहरु विवाहको मण्डपमा व्यस्त थिए भने सँगै गएका जन्तीहरु नाच्दै गाउँदै विवाहघर तिर गइरहेका थिए ।

दुलही मण्डपमा पुग्दा उपस्थित सबैले दुलही कोमल र जन्तीको भव्य स्वागत गरेका थिए। एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने