१४ पुष २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जब २१ वर्षे युवक बाख्रा बलात्कार गर्दागर्दै रंगेहात पक्रिए !

२२ पुष २०७५, आईतवार ०८:४१

२१ वर्षका एकजना युवक बाख्रा करणी गर्दागर्दै पक्राउ परे । रंगेहात पक्राउ परेपछि ती अभियुक्त युवकले जुन कुराको खुलासा गरे त्यसले धेरैलाई आश्चर्यमा पार्यो ।

आफूले बाख्रासँग यौनकार्य गर्नका लागि अनुमति लिएको दाबी ती युवकले गरेपछि सुन्नेहरु तीनछक परे । यद्यपि उनको दाबी सही थिएन । प्रहरीले उनलाई पक्राउ गर्यो ।

यो अनौठो घटना अफ्रिकी मुलुक मलावीको मचिन्जी भन्ने ठाउँको हो । उक्त गाउँका केनेडी कम्बानी नामका एकजना युवकलाई बाख्रासँग करणी गर्दै गर्दा पक्राउ गरिएको थियो । पक्राउ परेपछि मानिसहरुले किन बाख्रामाथि त्यस्तो कार्य गरेको ? भनेर सोध्दा कम्बानीले बाख्रामाथि बलात्कार गर्न आफूले अनुमति लिएको बताए ।

बाख्रासँग करणी गरिरहेको अवस्थामा ती युवकलाई देख्दा सुरुमा त बाख्राधनीलाई कोही चोरले बाख्रा चोर्न पो लागेको हो कि भन्ने लागेछ । त्यसपछि उनी केही छिमेकीसमेत लिएर चोर समाउने तयारी साथ बाख्रा भएको ठाउँमा पुगे । तर जब उनीहरु बाख्राको नजिक पुगे तब त ती युवकले बाख्रासँग अनैतिक कार्य गरिरहेको देखे ।

त्यसपछि उनीहरुले प्रहरीलाई बोलाएर घिनलाग्दो कार्य गर्ने ती युवकलाई पक्राउ गराए ।

पक्राउपछि ती युवकले आफू बँच्नका लागि बाख्रासँग सम्पर्कका लागि अनुमति लिएको दाबी गरे । तर बाख्राधनीले त्यो कुरा अस्वीकार गरेपछि उनको झूट सावित भयो ।

प्रहरीले उनलाई पक्राउ गरी आवश्यक कारवाही प्रक्रिया अघि बढाएको छ ।

अफ्रिकी देशहरुमा जनावरमाथि बलात्कारका घटना बढिरहेका छन् । गत नोभेम्बरमा जाम्बियामा २२ वर्षका एक युवकलाई गर्भवती बाख्रामाथि बलात्कार गरेको आरोपमा १५ वर्षको जेल सजाय सुनाइएको थियो । त्यस्तै गत वर्ष नै दक्षिण अफ्रिकामा पनि एक ३३ वर्षका युवकले छिमेकीको गर्भावस्थाको बाख्रोमाथि बलात्कार गरिरहेको अवस्थामा फेला परेका थिए ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चितवनमा गैँडाको आक्रमणबाट महिलाको मृत्यु खेलकुद संघलाई कारबाही गर्दैछु, हस्तक्षेप नहोस्: मन्त्री चौधरी काठमाडौँको कागेश्वरीमा गोली चल्यो, पति-पत्नी घाइते बालेन शाहको राजीनामा माग्दै कवाड संकलक आन्दोलनमा मेयर बालेनले गरे पूर्वमेयर पिएल सिंहको सालिक बनाउने घोषणा दुर्घटनाग्रस्त दक्षिण कोरियाली यात्रुवाहक विमानको ‘ब्ल्याक बक्स’ भेटियो अजरबैजान एयरलाइन्स दुर्घटनामा रुसी राष्ट्रपति पुटिनले किन मागे माफी ? पर्सामा प्रधानमन्त्री अ‍ोलीलाई पहिर्‍याईयो १८० किलोको माला दक्षिण कोरियामा जहाज दुर्घटना: १७६ जनाको शव भेटियो, तीन जना बेपत्ता सहकारीसम्बन्धी अध्यादेश: अब एकजनाले १० लाखभन्दा बढी बचत गर्न नपाउने आजपाद्वारा काठमाडौँमा विरोध प्रदर्शन वडाध्यक्ष रोजिना श्रेष्ठलाई पार्टी जिम्मेवारीबाट मुक्त गर्न रास्वपाभित्र माग सर्लाहीमा २ वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु टिकटकमाथि प्रतिबन्ध लगाउने कानुन अघि नबढाउन अदालतलाई ट्रम्पको आग्रह विमान दुर्घटनापछि जेजु एयरले माग्यो माफी राष्ट्रपतिबाट सहकारीसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश जारी ७० अर्ब निक्षेप संकलन गर्न राष्ट्र बैंकले गर्यो बोलकबोल आव्हान काठमाडौँमा किशोरीलाई ललाई फकाई गरी सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ विद्यालयका प्रधानाध्यापकले छात्रालाई यौन दुर्व्यवहार गरेको भन्दै प्रशासनअघि विद्यार्थीको प्रदर्शन लुक्लाबाट काठमाडौं आउँदै गरेको हेलिकप्टरमा चरा ठोक्कियो, साँगामा आकस्मिक अवतरण