२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जब एक युवकले श्रीमतीको हत्या गर्न भन्दै राष्ट्रपतिसँग छुट्टि मागे !

१७ माघ २०७५, बिहीबार ०७:५४

काठमाडौं | भारतको बिहारस्थित बक्सर क्षेत्रमा एक युवाले आफ्नै पत्नीको हत्या गर्नका लागि आफ्नो कार्यालयमा बिदा आवेदन पेस गरेका छन् । बैंकमा प्रबन्धकको रुपमा काम गर्ने एकजना पुरुषले पटक पटक विदा माग गर्दा समेत व्यवस्थापनले विदा नदिएपछि विदा माग्ने नयाँ तरिका अपनाएक हुन् । उनले आफ्नी पत्नीको हत्या गर्न भन्दै विदा आवेदन पेश गरे । उनले उक्त निवेदन कार्यालय प्रमुखलाई मात्र नभई भातरका प्रधानमन्त्री, राष्ट्रपति तथा मानव अधिकार आयोग सम्मलाई पठाएका छन् ।

दक्षिण बिहार ग्रामीण बैंकको बकसडा ग्रामीण शाखाका प्रबन्धक मुन्ना प्रसाद सायद दुनियाका पहिलो व्यक्ति बनेका छन् जसले श्रीमतीको हत्या गर्न भन्दै विदा माग गरेका छन् ।

तर उनले कुनै लहडबाजी वा बेहोसीमा त्यस्तो गरेका चाहीँ होइनन् । उनकी पत्नी मृगौला रोगबाट ग्रसित छिन् । पत्नीको उपचारका लागि अस्पताल जानुपर्ने भन्दै उनले बैंकको मुख्यालयमा पटक पटक विदाको लागि निवेदन दिए । तर उनको विदाको निवेदन स्विकृत भएन । उपचारका लागि होइन दाहसंस्कारका लागि मात्र विदा दिन सकिने रुखो जवाफ उनले पाए ।

त्यसपछि उनी डिप्रेसनमा गए । उनले आफ्नी विरामी पत्नीको हत्या गर्नका लागि विदा पाउँ भन्ने व्यहोराको पत्र बैंकको प्रधान कार्यालय पटनामा पठाए र त्यसको एक एक प्रति राष्ट्रपति, प्रधानमन्त्ती, मानव अधिकार आयोग तथा मुख्यमन्त्रीलाई पनि पठाए ।

जब मुन्ना प्रसादले लेखेको आवेदन राष्ट्रपति सम्मै पुगेको खबर आयो तब त्यसले ठूलै भुइँचालो ल्यायो । बैंकको मुख्यालयले तत्कालै उनको विदाको आवेदन स्विकार गर्यो ।

गत १९ जनवरीमा लेखेको आफ्नो विदाको निवेदनमा मुन्ना प्रसादले लेखेका छन्, ‘मलाई आफ्नी पत्नीको हत्या गरी उसको दाह संस्कार गर्नका लागि केवल दुई दिनको विदा दिइयोस् ।’

उनले आफ्नी पत्नी मृगौला रोगबाट पीडित रहेको र हप्तामा दुईपटक डाइलाइसिस गराउनु पर्ने भन्दै बैंकका क्षेत्रिय अधिकारीले आफ्नो फोन रिसिभ ने नगर्ने र पत्नीको स्वास्थ्य दिन प्रतिदिन बिग्रिँदै गएको व्यहोरा निवेदनमा लेखेका थिए । साथै उनले एकजना महिला हाकिमले उल्टै उपचारका लागि होइन दाह संस्कारका लागि मात्र विदा मिल्ने जवाफ फर्काएको भन्दै लेखेका छन्, ‘हजूरसँग प्रार्थना छ कि मलाई केवल २ दिनको विशेष विदा दिने कृपा गर्नुहोस् ता कि मैले आफ्नी पत्नीको हत्या गर्न सकूँ र दाह संस्कार गर्न सकूँ किनकी दिनदिनै घिटघिटाएर मरेको मलाई सह्य भएन ।’

एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान