२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२७ बर्षिय व्यक्तिद्वारा आफ्नै आमा-बुबामाथि मुद्धा, भन्छन्- जन्म दिनुअघि मलाई किन सोधिएन ?

२४ माघ २०७५, बिहीबार ०७:५७

माघ २४, एजेन्सीको सहयोगमा | भारतको मुम्बईमा बस्दै आएका २७ बर्षका यी व्यक्तिले यस्तो गरे कि जसको चर्चा संसारभरीनै भईरहेको छ । यी व्यक्तिले आफ्नो आमा-बुबालाई आफुलाई जन्माएको विरुद्ध मुद्धा हाल्न चाहन्छन | उनलाई रिस छ कि जन्माउनु अघि उनलाई किन सोधिएन ? 

उनको नाम हो , रफेल सेमुअल । उनले आफूलाई जन्माउने आमा-बुबालाई जन्म दिनु अघि नसोधिएको भन्दै आफ्नो परिवारलाई अदालत लाँदैछन् । संचार माध्यमहरुलाई दिएको अन्तर्वार्तामा स्यामुअलले भने कि उनि आफ्नो आमा-बुबासँग निकै मायाँ गर्छन तर उनको आमा-बुबाले उनको अनुमति बिनानै उनलाई जन्म दिएका हुन्, सिर्फ आफ्नै कारणले । उनले भने कि, म यस भारतका सबै बच्चासँग भन्न चाहन्छु कि म आफ्नो परिवारहरुलाई केहि दिन चाहन्न । 'म उनीहरुसँग निकै प्रेम गर्छु र हाम्रो नाता निकै राम्रो छ, तर उनीहरुले मलाई आफ्नो खुशी र सम्मानको लागि आफूसँग राखेका छन् । मेरी जिंदगी निकै राम्रो छ, तर मैले कहिलै यो देखिन कि किन म आफ्नो जीवनमा एक अर्को जीवन जिउने कोशिस गरूँ ? 


राफेल स्यामुअलले एक Nihilanand (निहिलानन्द) नामबाट फेसबुक पेज पनि चलाउँछन र उनि एक यूट्यूब च्यानलमा पनि आफ्नो विचार शेयर गर्छन् । स्यामुअल भन्छन कि सबै युवाहरुलाई थाहा हुनुपर्छ कि कि बच्चा नजन्माउन सबैले आफ्नो आमा-बुबासँग सोध्नुपर्छ कि उनिहरुले आफूलाई यस संसारमा किन ल्याए ? बच्चाहरुले ठूलालाई सम्मान गर्नुपर्छ भन्ने कुरा नितान्त गलत रहेको उनको टिप्पणी छ । 

उनले एउटा भिडियोमा भनेका छन् – मानिसको कामलाई हेरेर सम्मान गर्नुपर्छ । जुन आमा-बुबाले बच्चा जन्माएर त्यसलाई आफ्नो बसमा पारेर जे उनीहरुले चाह्यो त्यसैमा बलजफ्ती गराउने, उनीहरुले डाक्टर बनाउन चाहे जबर्जस्ति त्यहि बनिदिनुपर्ने, त्यहि बिषय पढिदिनुपर्ने कुरा गलत रहेको उनको भनाई छ । उनि भन्छन् आमाबुबालाई आदार गर्ने, मायाँ गर्ने पनि कारण चाहिन्छ, यदी आफ्नो आमा बुबाले आफुलाई स्वतन्त्र छाडिएका छन्, जे बच्चाले चाहेको त्यसलाई निस्वार्थ पुरा गरिदिएका छन् भने मात्र त्यस्ता आमा-बुबालाई सम्मान गर्न सकिन्छ । जसले तिमीलाई स्वतन्त्रता दिएको छ, जसले तिम्रो काममा सपोर्ट गरेको छ, जुन अभिवावले तिमीलाई संधै आफ्नो फुर्सदको समयमा ध्यान दिएको छ, त्यस्ता अभिवावकलाई मात्र सम्मान गर्न सकिने उनको सुझाव छ  । 


बच्चा जन्माएर बच्चाले चाहेको स्वतन्त्र भविष्य नदिने वा बाबु-आमाकै चाहना अनुसार चल्नुपर्ने बाध्यता पनि रहने हुँदा त्यस्ता खराव आमाबुबा प्रति उनि लक्षित भएका हुन सक्छन । उनको परिवारमा  पनि यस्तै खालको बिषय लुकेर रहेको हुनसक्ने मानिसहरुको टिप्पणी छ । कतिपयले भने उनको मानसिक सन्तुलन गुमेको भन्दै टिप्पणी गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान