३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

घरजग्गा किन्दा पैसा तिर्नै नपर्ने एक शहर, विदेशीहरुले समेत सित्तैमा किन्न पाउछन् !

२५ माघ २०७५, शुक्रबार ०८:३४

तपाइलाई अचम्म लाग्न सक्छ जग्गा पनि सित्तैमा किन्न पाइन्छ र ? तर इटालीको एउटा सहरमा घरजग्गा किन्दा पैसा तिर्नुपर्दैन । त्यहाँ जग्गा किन्दा उल्टै सरकारले नै पुरस्कार स्वरुप पैसा दिन्छ ।

इटालीको केन्डेला सहरका मेयरले यस्तो अफरको घोषणा गरेका हुन् । उक्त सहरमा बस्नका लागि घर खरीद गर्ने जो कोहीलाई सरकारले सित्तैमा घर उपलब्ध गराउने मात्र होइन, उल्टै २ हजार युरो पुरस्कार दिनेछ ।

यस्तो अफर केवल इटालियनका लागि मात्र होइन विदेशीहरुले समेत त्यहाँ घर किन्न पाउनेछन् । खासगरी युवा दम्पत्तिहरुलाई त्यो अफर लक्षित गरिएको छ ।

जागिर र राम्रो जिवनको खोजीमा बसाइ सराइ गर्दै सहरबासीहरु बाहिर जाने क्रम बढेर सहर रित्तिन थालेपछि स्थानीय सरकारले यस्तो गज्जबको अफर ल्याएको हो । गाउँमा अहिले केवल बुढापाकाहरु मात्र रहेका र उनीहरुको पनि मृत्यु हुँदै गाउँ नै खाली हुने अवस्था आएको छ ।

सिएनएनको रिपोर्ट अनुसार त्यो सहर एउटा सुन्दर गाउँको रुपमा रहेको छ । त्यहाँ परम्परागत शैलीका घरहरु रहेका छन् । हरियाली प्रसस्तै छ । लामा र चौडा खेतहरु पनि छन् । सन् १९९० को दशकसम्म त्यहाँको जनसंख्या ८ हजार थियो । अहिले त्यो घटेर २७ सयमा झरेको छ ।

सित्तैमा पुरस्कार सहित घर किनेर त्यहाँ आएर बस्ने व्यक्तिले सहरमै व्यवसाय तथा रोजगारी दिनुपर्नेछ । व्यवसायका लागि सरकारले पनि सहयोग गर्नेछ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता