२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिहे गरेको ३ मिनेटमै बेहुलीले दिइन् डिभोर्स ! यस्तो छ कारण

२८ माघ २०७५, सोमबार ०७:५६

काठमाडौं | बिहे भएको एक दुइ वर्षपछी डिभोर्स हुनु सामान्य हो र कतिपय मानिसहरु बेमेलका कारण बिहेपछि डिभोर्स गर्न बाध्य पनि छन् । तर बिहे भएको ३ मिनेटमै डिभोर्स भएको सायद यो विश्वकै पहिलो र किर्तिमानी घटना हुनुपर्दछ । अरबी मुलुक कुबेतमा हालै एउटा यस्तो घटना सार्वजनिक भएको छ । त्यहाँ बिहे भएको केवल ३ मिनेटमै लोग्ने स्वास्नीबीच डिभोर्स भएको छ ।

एकजना बेहुलीले बिहेको ३ मिनेटमै आफ्ना बेहुलालाई तलाक दिइन् । तलाक दिनुको कारण चाहीँ झनै रोचक छ । जब कारणको बारेमा थाहा भयो, मानिसहरु बेहुलीको पक्षमा उभिए ।

समाचार अनुसार एक जोडी बिहेका लागि अदालतमा पुगेका थिए । उनीहरु एक अर्काको बन्नका लागि निकै खुसी थिए ।

जब बिहेको अदालती कागजमा हस्ताक्षर गरेर बेहुला बेहुली अदालतको ढोका बाहिर निस्किँदै थिए, एक्कासी बेहुलीको खुट्टा अल्झियो र उनी लडिन् ।

बेहुली लडेपछि उनलाई उठाउनुको साटो बेहुला चाहीँले उल्टै मुर्ख भनेर गाली गरे । भर्खरै बिहे गरेको लोग्नेले आफुलाई माया गरेर उठाउनुको साटो त्यस्तो दुर्वचन बोलेपछि बेहुली रिसले आगो भइन् । उनी तत्कालै त्यहाँबाट उठेर अदालतभित्र छिरिन् । उनले आफ्नो बिहे गराइदिने न्यायाधीश समक्ष आफ्नो घटना सुनाउँदै आफु सम्बन्ध विच्छेद गर्न आएको बताएपछि सबै अचम्ममा परे । उनको कुरा सुनेपछि न्यायाधीश पनि छक्क परे । सुरुमा त उनले आफ्नो निर्णयमा पुनर्विचार गर्न बेहुलीलाई आग्रह गरे । तर उनी मान्ने वाला थिइनन् । अन्ततः न्यायाधीशले पनि सम्बन्ध विच्छेदको फैसला गरिदिए ।

बिहेकेा ३ मिनेटमै भएको उक्त सम्बन्ध विच्छेद कुवेतको इतिहासमै पहिलो भएको बताइएको छ । यो विवाह सायद दुनियाकै सबैभन्दा छोटो वैवाहिक सम्बन्ध पनि होला ।

यो घटनाका बारेमा सोसल मिडियामा समाचार फैलिएसँगै मानिसहरुका अनेक खालका प्रतिक्रिया आएका छन् । धेरैले ३ मिनेटमै डिभोर्सको फैसला लिने ती युवतीको प्रसंसा गरेका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान