२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिहे गरेको ३ मिनेटमै बेहुलीले दिइन् डिभोर्स ! यस्तो छ कारण

२०७५, २८ माघ सोमबार ०७:५६

काठमाडौं | बिहे भएको एक दुइ वर्षपछी डिभोर्स हुनु सामान्य हो र कतिपय मानिसहरु बेमेलका कारण बिहेपछि डिभोर्स गर्न बाध्य पनि छन् । तर बिहे भएको ३ मिनेटमै डिभोर्स भएको सायद यो विश्वकै पहिलो र किर्तिमानी घटना हुनुपर्दछ । अरबी मुलुक कुबेतमा हालै एउटा यस्तो घटना सार्वजनिक भएको छ । त्यहाँ बिहे भएको केवल ३ मिनेटमै लोग्ने स्वास्नीबीच डिभोर्स भएको छ ।

एकजना बेहुलीले बिहेको ३ मिनेटमै आफ्ना बेहुलालाई तलाक दिइन् । तलाक दिनुको कारण चाहीँ झनै रोचक छ । जब कारणको बारेमा थाहा भयो, मानिसहरु बेहुलीको पक्षमा उभिए ।

समाचार अनुसार एक जोडी बिहेका लागि अदालतमा पुगेका थिए । उनीहरु एक अर्काको बन्नका लागि निकै खुसी थिए ।

जब बिहेको अदालती कागजमा हस्ताक्षर गरेर बेहुला बेहुली अदालतको ढोका बाहिर निस्किँदै थिए, एक्कासी बेहुलीको खुट्टा अल्झियो र उनी लडिन् ।

बेहुली लडेपछि उनलाई उठाउनुको साटो बेहुला चाहीँले उल्टै मुर्ख भनेर गाली गरे । भर्खरै बिहे गरेको लोग्नेले आफुलाई माया गरेर उठाउनुको साटो त्यस्तो दुर्वचन बोलेपछि बेहुली रिसले आगो भइन् । उनी तत्कालै त्यहाँबाट उठेर अदालतभित्र छिरिन् । उनले आफ्नो बिहे गराइदिने न्यायाधीश समक्ष आफ्नो घटना सुनाउँदै आफु सम्बन्ध विच्छेद गर्न आएको बताएपछि सबै अचम्ममा परे । उनको कुरा सुनेपछि न्यायाधीश पनि छक्क परे । सुरुमा त उनले आफ्नो निर्णयमा पुनर्विचार गर्न बेहुलीलाई आग्रह गरे । तर उनी मान्ने वाला थिइनन् । अन्ततः न्यायाधीशले पनि सम्बन्ध विच्छेदको फैसला गरिदिए ।

बिहेकेा ३ मिनेटमै भएको उक्त सम्बन्ध विच्छेद कुवेतको इतिहासमै पहिलो भएको बताइएको छ । यो विवाह सायद दुनियाकै सबैभन्दा छोटो वैवाहिक सम्बन्ध पनि होला ।

यो घटनाका बारेमा सोसल मिडियामा समाचार फैलिएसँगै मानिसहरुका अनेक खालका प्रतिक्रिया आएका छन् । धेरैले ३ मिनेटमै डिभोर्सको फैसला लिने ती युवतीको प्रसंसा गरेका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने