२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुकुरले पनि गर्‍यो मालिकसँगै डिप्लाेमा पास, युनिभर्सिटीले दियो प्रमाणपत्र !

२०७५, ४ फाल्गुन शनिबार १०:५७

घरपालुवा जनावरले व्यक्तिको जीवनमा मानिसको भूमिका निभाउन त सक्दैन । तर न्यूयोर्कको क्लार्कसन युनिभर्सिटीमा पढ्ने शारीरिक रुपमा अशक्त २५ वर्षीया युवती ब्रिटनी होलेको ग्रिफेन नाम गरेको कुकुरले यो सावित गरेर देखाएको छ । प्रतिभाशाली कुकुर  ग्रिफेनलाई विश्वविद्ययालयको डिप्लोमाद्वारा पुरस्कृत गरिएको छ ।


केही समय पहिले युवती ब्रिटनी होलेले क्लार्कसन युनिवर्सिटीबाट अक्युपेशनल थेरापीमा मास्टर डिग्री गरेकी थिइन् । यसको साथसाथै उनको ४ वर्षको ‘सर्भिस डग’ ग्रिफिनललाई पनि डिप्लोमाको उपाधि दिइएको छ । 

ह्वीलचेयरमा आफ्नो जीवन बिताइरहेकी ब्रिटनी ग्रिफेनको बारेमा भन्छिन्, ‘मैले पहिलो दिनबाटै ग्रिफेनीलाई ग्र्याजुयट हुनको लागि प्रोत्साहित गर्दै आएकी थिएँ । उसले सधैँ त्यही गर्थ्याे जे मैले गर्थेँ ।’

उनले भनेकी छिन्, ग्रिफेन शारीरिक कामहरु फुर्तिका साथ गर्छ । जस्तै ढोका खोल्ने, लाइट जलाउने र इसाराकै भरमा कुनै पनि चिज उनी भएसम्म पुर्‍याउनमा ग्रिफेन पोख्त भएको उनले बताएकी छिन् ।

यसको साथै महत्वपूर्ण कुरा त के छ भने, ग्रिफेनको सहयोगले ब्रिटेनीलाई डिप्रेशन, थकाइ उत्पन्न गराउने किसिमका डरहरुबाट मुक्ति मिलेको छ ।

ब्रिटनी पहिलो पटक ‘सर्भिस डग’ का लागि ‘पोज ४ प्रिजन’ मा पुगेकी थिइन् । जब उनी त्यहाँ गइन्, उनको ह्वीलचेयरका कारण सबै कुकुर तर्सिएर उनीबाट टाढा बसे तर ग्रिफेन नाम गरेको त्यो कुकुर भने दाौडिँदै उनी भएतिर आयो र उनको मुख चाट्न थाल्यो । 

ब्रिटनी र ग्रिफेनले उत्तरी क्यारोलाइको फोर्ट ब्रेगमा इन्टर्नशिप पनि गरिसकेका छन् । उनीहरुले गतिशीलताको कमीका साथसाथै मनो-सामाजिक विकारसँगै सैनिकहरुलाई सहायता पनि गरेका छन् । एजेन्सी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने