२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आफूलाई ‘भर्जिन’ बताउने २० वर्षे युवतीले जब रहस्यमयी तरिकाले बच्चा जन्माइन् !

७ फाल्गुन २०७५, मंगलवार ०८:०८

फागुन ७, काठमाडौं | आफू ‘भर्जिन’रहेको बताउने एक युवतीले रहस्यमयी तरिकाले बच्चा जन्माएकी छन् ।

चीनको गुइयाङकी २० वर्षे युवती पेट दुखेपछि अस्पताल पुगेकी थिइन् । त्यहाँ उनलाई डाक्टरले गर्भवती भएको बताएपछि उनले सो कुरा विश्वास गर्न मानिनन् ।

डाक्टरका अनुसार पढेलेखेकी ती महिला अत्यधिक मोटी थिइन् त्यसकारण उनलाई आफू गर्भवती भएको पत्तै भएन ।


घटना त्यतिबेला जटिल भयो जब उनले बच्चा निकाल्न शल्यक्रिया गर्नुअघि आफ्नो कुमारित्व परीक्षण गर्न माग राखिन् ।

गुइयाङ्ग इभिनिङ पोष्टले यसबारे फेब्रुअरी १५ तारिखमा समाचार लेखेको छ । युवतीलाई गुइझाउ प्रान्तको गुइयाङ्गस्थित एक अस्पतालमा राखिएको थियो ।  

ती युवतीलाई प्रसव पीडा हुनै लाग्दा पनि आफू गर्भवती भएको थाहा नभएको बारे थाहा पाएपछि अस्पतालका कर्मचारी चकित परेका थिए ।

डाक्टरले उनी गर्भवती भएको बारे जानकारी दिइसकेपछी ती युवतीले आफु कुनै पनि हालतमा गर्भवती नभएको दावी गरेकी थिइन् ।

नाम नखुलाउने शर्तमा डाक्टरले मिरर डट को डट युकेलाई भने, ‘उनले आफ्नो कुमारीत्व परीक्षणको माग राखिन् । यो निकै चकित पारिदिने खालको थियो ।’

युवतीको भनाई उद्धृत गर्दै अस्पतालका कर्मचारीले भने, ‘उनलाई पुरुषहरु मन पर्दैन, कहिले पनि प्रेमी बनाइनन् र कहिले पनि यौन सम्बन्ध राखिनन्, त्यसकारण आफू गर्भवती हुनै नसक्ने उनले दाबी गरिरहेकी थिइन् ।’

जब उनका डाक्टरले रक्सीको मातमा यस्तो भएको हो कि भनेर सोधे तब उनले भनिन्, ‘मलाई रक्सीसँग एलर्जी छ, मैले कहिले पनि रक्सी छोएकै छैन ।’

महिलाको तौल अत्यधिक भएकाले उनको पेटमा विगत ९ महिनादेखि बच्चा हुर्किरहेको छ भन्ने थाहा नभएको हुनसक्ने डाक्टरले बताएका छन् ।

उनको स्वास्थ्यस्थिती बिग्रन थालेपछि अस्पतालले युवतीको शल्यक्रिया गर्यो । उनले फेब्रुअरी ६ तारिखमा छोरालाई जन्म दिइन् ।

नवजात शिशुलाई उनकी आमाले छुनसमेत हिच्किचाएपछि महिलाको परिवारलाई सुम्पिइयो ।

रिपोर्टका अनुसार ती युवती एक्लै बस्थिन् । उनको तौल अत्यधिक भएको र महिनावारी पनि गडबडी भएकाले उनलाई गर्भ बसेको पत्तै भएन । एजेन्सीबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य