२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एक युवकले गरे आफ्नै आमाको हत्या, शवलाई हजार टुक्रा पारि पकाए, अनि आफैले खाए !

१३ फाल्गुन २०७५, सोमबार ०८:२०

फागुन १३, काठमाडौं | आफैलाई जन्म दिने आमा मारेर मासु खाए भन्ने सुन्दा तपाई चकित पर्नुहोला | तर युकेमा एक युवकले आफ्नै आमालाई मारेर उनको मासु खाएको आरोप लागेका छ । उनले आमाको शवलाई हजार टुक्रा पारेर पकाए र आफ्नो घर पालुवा कुकुरसँग बाँडेर खाए ।


२६ वर्षे अल्बर्टो सान्चेजले एक महिना अघिदेखि हराइरहेकी मारिया सेलेड्याड गोमेजको खोजीमा जुटेका जासुस आफ्नो घरमा आइपुगेपछि आफुले आमाको हत्या गरेको स्विकार गरेका छन् ।

पुलिसले ६६ वर्षे मारियाको शव ६ वटा ठूलो प्लाष्टिकको झोलामा मड्रिडस्थित उनको फ्ल्याटमा फेला पारे ।

सान्चेजले आमाको हत्या गरेर शवलाई टुक्राटुक्रा पारेर पकाएको मिरर डट को डट युकेले बताएको छ । उनले आमाको आन्द्राभुँडी फोहोर फ्याँक्ने भाँडोमा फालिदिएको स्रोतले बताएको छ ।

स्प्यानिस पत्रिका इएल मुन्दोका अनुसार आमाको शरिरलाई हजार टुक्रा बढी पारिएको थियो । उनका महत्वपूर्ण अंग हराइरहेका थिए भने आन्द्राभुँडी फ्ल्याटमा भएको डस्टबिनमा भेटिएको थियो ।


सान्चेज, बेरोजगार पूर्व वेटर, ले आमाको हत्या कसरी गरे भन्नेबारे पुलिसले जानकारी दिएको छैन ।

सान्चेजका साथीहरुका अनुसार उनी लागुऔषध दुर्व्यवसनमा लागेपछि परिवारका लागि बोझ बनेका थिए ।

साथीहरुका अनुसार उनी घरको अगाडि पट्टी रहेको पार्कको बेन्चमा बसेर रक्सी पिइरहन्थे ।

उनले आमाको हत्या कहिले गरे भन्नेबारे जानकारी नभएपनि पुलिसले घटना एक हप्ताअघि भएको हुनसक्ने आशंका गरे ।

यद्यपी, छिमेकीले एक हप्ताअघि मारियालाई घाम तापिरहेको देखेको दाबी गरेका छन् ।

पुलिस स्रोतका अनुसार १५ वर्ष हुँदा बुवा गुमाएका सान्चेजले आमाको शवको टुक्रा पकाएर आफूले पनि खाए र कुकुरलाई पनि खुवाए ।

आमालाई बारम्बार घरेलु हिंसा गरेका कारण पक्राउ परेका उनलाई पुलिस अधिकारीहरुले राम्रोसँग चिन्थे । छिमेकीका अनुसार मारियाको शरिरमा थुप्रै चोटपटक देखिरहन्थे जसलाई उनीहरुले कुकुरले बनाइदिएको अनुमान गर्दथे । एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान