२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जब टाउको दुखाइको औषधि खाएर सुतेकी युवती होसमा आउँदा आमा बनिन् !

१३ फाल्गुन २०७५, सोमबार १०:५३

फागुन १३, काठमाडौं | टाउको दुखाइको औषधि खाएर सुतेकी एक युवती होसमा आउदा आमा बनेकी छन् | यो घटनामा भएको हो | ब्रिटेनकी एबोनी स्टिवेन्सनलाई यस्तो भएको छ । एबोनी १८ वर्षकी छिन् । उनि ब्रिटेनको ओल्डह्याम भन्ने स्थानमा बस्छिन् । २०१८ डिसेम्बर २ तारिखमा उनलाई टाउको दुख्यो । उनलाई अस्पताल भर्ना गरियो । त्यसपछि एबोनी कोमामा गइन् ।


स्वास्थ्योपचारका बेला थाहा भयो कि उनलाई प्रिक्लेम्प्सिया नामको रोग लागेको थियो । त्यसकारण उनलाई अचानक टाउको दुखेको थियो । पिक्लेम्प्सिया एक प्रकारको स्वास्थ्य अवस्था हो जुन गर्भवती महिलामा देखिन्छ ।  यसमा उच्च रक्तचाप हुन्छ, हात–खुट्टा सुन्निन्छ, पिसाबमा प्रोटिन बढ्नेजस्ता लक्षण देखिन्छ ।

तर, एबोनीलाई यसबारे कसरी थाहा हुन्थ्यो । उनको बच्चा उनको दोस्रो पाठेघरमा हुर्किरहेको थियो ।

उपचारका क्रममा एबोनीको दुईवटा पाठेघर भएको पत्ता लाग्यो । मेडिकल साइन्समा यो अवस्थालाई युटेरस डिडेलफिस ९ग्तभचगक म्ष्मभउिजथक० भनिन्छ । एबोनीको बायाँ तर्फको पाठेघरमा बच्चा हुर्किरहेको थियो । त्यो बायाँतर्फ नै झुकेको थियो त्यसकारण पेट पनि खासै बढेको थिएन । उनको पेटमा बच्चाको विकास राम्रोसँग भइसकेको थियो । एबोनी अस्पतालमा भर्ना भएलगत्तै उनको शल्यक्रिया गरियो । एबोनीले छोरीलाई जन्म दिइन् तर यो कुरा उनले तीन दिनपछि मात्र कोमाबाट फर्किएपछि होसमा आएपछि थाहा पाइन् ।

एबोनी कलेजमा स्पोर्टस् फिजियोथेरापीको अध्ययन गरिरहेकी थिइन् । कोमाबाट फर्किएपछि एबोनीलाई टाउको दुखेर औषधी खाएर सुत्न गएको मात्रै थाहा भएको बताउँछिन् । एबोनीले आफ्नी छोरीको नाम एलोडी राखेकी छिन् । एजेन्सी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान