२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसारकै यस्तो देश जहाँ एकजना पनि अपराधी छैनन्, खाली छन् जेल !

२० फाल्गुन २०७५, सोमबार ०८:४२

काठमाडौं । एउटा युरोपेली यस्तो देश जहाँ एकजना पनि  अपराधी छैनन् । जुन देशको जेल खाली छन् ।

पश्चिमी युरोपेली देश नेदरल्याण्डमा घट्दो आपराधिक क्रियाकलापका अनुसार त्यहाँका जेल बन्द हुने स्थितीमा पुगेको छ । नेदरल्याण्डको जनसंख्या एक करोड ७१ लाख ३२ हजारभन्दा बढी छ ।

अचम्मको कुरा के छ भने नेदरल्याण्डसँग जेलमा राख्नका लागि कोही अपराधी नै छैनन् । सन् २०१३ मा त्यहाँ १९ कैदीमात्र थिए । सन् २०१८ सम्म यो देशमा कुनै अपराधी बचेका थिएनन् ।

नेदरल्याण्डको जेल बन्द हुँदा दुई प्रकारका महत्वपूर्ण परिवर्तन हुनेछन् । सामाजिक दृष्टिकोणले हेर्ने हो भने घट्दो अपराध दर अर्थात् सुरक्षित देश । रोजगारको दृष्टिकोणले हेर्ने हो भने जेलमा काम गर्नेहरु बेरोजगार हुनेछन्  ।

नेदरल्याण्डको जेल बन्द हुनुको अर्थ त्यहाँ लगभग दुई हजार मानिसहरुले जागिर गुमाउनेछन् । जसमा सात सयलाई सरकारको तर्फबाट उपलब्ध गराइएको अन्य स्थानमा ट्रान्सफर गरिनेछ ।

यद्यपी, जेल बन्द हुनुको अर्थ यो पनि हो कि नेदरल्याण्ड एक देश, एक प्रणाली, एक सरकार र नागरिकको रुपमा सफल भएको छ ।

त्यहाँ खाली जेलको मुद्दा यस्तो बिन्दुमा पुगेको थियो कि नेदरल्याण्ड आफ्नो सुविधा र व्यवस्था चलाउनका लागि नर्वेबाट कैदी मगाउनु परेको थियो ।

त्यहाँ कैदीका लागि इलेक्ट्रोनिक एंकल मोनिटरिङ सिस्टम छ । यो सिस्टममा उनीहरुको खुट्टामा एउटा यस्तो डिभाइस लगाइन्थ्यो जसमार्फत् उनीहरुको लोकेशन ट्रेस गर्न सकिन्थ्यो ।

यो डिभाइसले एउटा रेडियो फ्रिक्वेन्सी सिग्नल पठाउँछ जसमा अपराधीको स्थान पत्ता लाग्थ्यो । यदि कोही अपराधी कुनै निश्चित सीमाभन्दा बाहिर जान्थे तब यसबारे पुलिसले सूचना पाउँथे । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान