२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसारकै यस्तो देश जहाँ एकजना पनि अपराधी छैनन्, खाली छन् जेल !

२०७५, २० फाल्गुन सोमबार ०८:४३

काठमाडौं । एउटा युरोपेली यस्तो देश जहाँ एकजना पनि  अपराधी छैनन् । जुन देशको जेल खाली छन् ।

पश्चिमी युरोपेली देश नेदरल्याण्डमा घट्दो आपराधिक क्रियाकलापका अनुसार त्यहाँका जेल बन्द हुने स्थितीमा पुगेको छ । नेदरल्याण्डको जनसंख्या एक करोड ७१ लाख ३२ हजारभन्दा बढी छ ।

अचम्मको कुरा के छ भने नेदरल्याण्डसँग जेलमा राख्नका लागि कोही अपराधी नै छैनन् । सन् २०१३ मा त्यहाँ १९ कैदीमात्र थिए । सन् २०१८ सम्म यो देशमा कुनै अपराधी बचेका थिएनन् ।

नेदरल्याण्डको जेल बन्द हुँदा दुई प्रकारका महत्वपूर्ण परिवर्तन हुनेछन् । सामाजिक दृष्टिकोणले हेर्ने हो भने घट्दो अपराध दर अर्थात् सुरक्षित देश । रोजगारको दृष्टिकोणले हेर्ने हो भने जेलमा काम गर्नेहरु बेरोजगार हुनेछन्  ।

नेदरल्याण्डको जेल बन्द हुनुको अर्थ त्यहाँ लगभग दुई हजार मानिसहरुले जागिर गुमाउनेछन् । जसमा सात सयलाई सरकारको तर्फबाट उपलब्ध गराइएको अन्य स्थानमा ट्रान्सफर गरिनेछ ।

यद्यपी, जेल बन्द हुनुको अर्थ यो पनि हो कि नेदरल्याण्ड एक देश, एक प्रणाली, एक सरकार र नागरिकको रुपमा सफल भएको छ ।

त्यहाँ खाली जेलको मुद्दा यस्तो बिन्दुमा पुगेको थियो कि नेदरल्याण्ड आफ्नो सुविधा र व्यवस्था चलाउनका लागि नर्वेबाट कैदी मगाउनु परेको थियो ।

त्यहाँ कैदीका लागि इलेक्ट्रोनिक एंकल मोनिटरिङ सिस्टम छ । यो सिस्टममा उनीहरुको खुट्टामा एउटा यस्तो डिभाइस लगाइन्थ्यो जसमार्फत् उनीहरुको लोकेशन ट्रेस गर्न सकिन्थ्यो ।

यो डिभाइसले एउटा रेडियो फ्रिक्वेन्सी सिग्नल पठाउँछ जसमा अपराधीको स्थान पत्ता लाग्थ्यो । यदि कोही अपराधी कुनै निश्चित सीमाभन्दा बाहिर जान्थे तब यसबारे पुलिसले सूचना पाउँथे । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला