१७ पुष २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जब भारी हिमपातको बीचमा विमान फस्यो !

२५ फाल्गुन २०७५, शनिबार ०५:१३

काठमाडौं | क्यानडामा खराब मौसम अहिले सर्वसाधारणका लागि टाउको दुखाईको विषय बनेको छ । सडकमा आवत–जावत रोकिएको छ, यस्तै विमान सेवा पनि प्रभावित भएको छ ।

गत मार्च ४ तारिखमा टोरेन्टोबाट ओन्टारियो जाँदै गरेको एउटा विमान भारी हिमपातका कारण अचानक डाइभर्ट गरियो । विमान करिब आठ घण्टासम्म फ्रेडेरिक्टन इलाकामा फस्यो । सीएनएनका अनुसार यस्तो स्थितीमा यात्रीका लागि खानाको कमी भयो । स्थितीलाई बुझेर विमान चालकले यात्रुका लागि कुटपिटबाटै फोन गरेर पिज्जा अर्डर गरेका छन् ।

पाइलटले यात्रीका लागि २३ वटा लार्ज पिज्जा मगाएका थिए । साधारणतया यति ठूलो अर्डरमा धेरै समय लाग्छ । तर रेष्टुरेन्टमा सबै सेफलाई काममा लगाएर डेढ घण्टामा नै अर्डर पुर्र्याए ।

रेष्टुरेन्टकी म्यानेजर जोफी लारिवीले उनले थुप्रै पटक ठूला अर्डर लिएता पनि कुनै अर्डर सिधा विमानभित्रै पुर्याएको यो पहिलो घटना भएको बताइन् । आफूहरु यस्तो अचम्मको अर्डरबारे रातीभरी हाँसेको उनले बताइन् ।


एयर क्यानडाकी प्रवक्ता एन्जेला माहले यस्तो मौकामा विमानका पाइलट र अन्य सदस्यलाई निकै सोचेर काम गरेको भन्दै बधाई दिइन् । उनका अनुसार सबै यात्रीको मिलिजुली प्रयासले यात्रुको ठूलो समस्या सुल्भिएको छ । यद्यपी, उनले पिज्जा अर्डर गर्ने पाइलटको नाम भने सार्वजनिक गरिनन् । रेष्टुरेन्ट म्यानेजर लारिवीले पिज्जा पुर्याएपछि पाइलटले उनलाई फोनमा धन्यवाद दिएको बताइन् ।

यस्तै, विमानमा सवार यात्रीले पनि पाइलटको यस्तो कदमको प्रशंसा गरेका छन् । एक यात्रीले भोकका कारण विमानमा सवार सबैजना तनावमा भएको बताउँदै पाइलटको एउटा कदमले सबैको अनुहारमा मुस्कान ल्याइदिएको बताए । यात्री बिल कस्टर्नले पिज्जासँगैको एउटा फोटो सोसल मिडियामा पनि अपलोड गरेका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आजदेखि जन्मेको पुस्ताले पाउनेछन् नयाँ नाम ‘जनरेशन बिटा’ ! पाँच एसएसपीको सरुवा, हेर्नुहोस् को कहाँ ? भारतको होटलमा आमासहित एकै परिवारका पाँच सदस्य मृत फेला, २४ वर्षीय छोरा पक्राउ मुकुल ढकाललाई पुनःपदमा फर्काउन माग गर्दै कार्यवाहक सभापति अर्याललाई पत्र राज्यमन्त्री चौधरीविरुद्धको मुद्दामा फैसला आज, जाला त सांसद पद ? सबैभन्दा धेरै कमाउने दोस्रो भारतीय फिल्म बन्यो पुष्पा–२ , बाहुबली–२ को रेकर्ड तोडियो जनवरी १ तारिखमा नयाँ वर्ष मनाउने चलन कहिलेदेखि शुरु भयो ? सहकारी ठगी मुद्दाको थुनछेक बहस: रविलगायतका पक्ष–विपक्षमा आज क–कसले गर्दैछन् वहस ? गैंडाको आक्रमणबाट मकवानपुरमा फेरि एक महिला घाइते आज बुधबार ह्वात्तै बढ्यो सुनको मूल्य , तोलाको कति? प्रधानमन्त्री ओली दिए नयाँ वर्ष २०२५ को शुभकामना आज तीनवटा संसदीय समितिको बैठक बस्दै भावी योजनाबारे जानकारी दिन आज पत्रकार सम्मेलन गर्दै भीम रावल सर्लाहीमा यात्रुबाहक बसले थिच्दा ड्युटीमा रहेका सशस्त्र प्रहरीको मृ-त्यु पेट्रोल र डिजेलको मूल्य बढ्यो, हवाई इन्धनको घट्यो अंग्रेजी नयाँ वर्ष २०२५ को स्वागत आजको मौसम, तराई र पहाडी भागमा हुस्सु र कुहिरो लाग्ने चितवनको रत्ननगरमा गैँडाको आक्रमणबाट एकको मृत्यु, पाँच घाइते विदेश पठाउँछु भनेर २४ लाख ठगेको आरोपमा एक महिलासहित दुई जना पक्राउ प्रहरी हौँ भन्दै किशोरीको अपहरण, दुई जना पक्राउ