१७ पुष २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जर्मनीको लागि उडेको विमान झुक्किएर स्कटल्याण्ड पुग्यो, यात्रूहरु चकित

१२ चैत्र २०७५, मंगलवार ०६:४६

चैत १२, काठमाडौँ । लण्डन सिटी एयरपोर्टबाट जर्मनीको डुसेलडर्भका लागि उडेको ब्रिटिश एयरवेज फ्लाइटका यात्रीहरु सोमबार बिहान स्कटल्याण्डको राजधानी एडिनबर्ग पुग्दा चकित भए ।

‘फ्लाइट प्लान’मा भएको गडबडीका कारण पाइलट र चालक दलका सदस्यले इडिनबर्गका लागि नै उडान भर्नुपर्ने सोचेपछि यस्तो गल्ती हुन पुगेको बताइएको छ ।

इडिनबर्गमा अवतरण गरेपछि उक्त विमान पुनः डुसेलडर्फका लागि उडेको थियो । पियोटर पोमिन्सकी, इम्पेरियल कलेज लण्डनका विद्यार्थीले सिएनएनसँगको कुराकानीमा आफ्नी प्रेमिका उक्त विमानको भएको बताए । ‘मैले फ्लाइटरडारमा हेर्दा उक्त विमान दक्षिणतिर उड्नुको साटो उत्तरतिर उडिरहेको देखेँ । केही प्राविधिक गडबडीका कारण यस्तो भएको हुनसक्ने अनुमान गरेँ । पछि उनले मलाई विमान इडिनबर्ग पुगेको बताइन् ।’ 

विमानभित्रकी यात्री जाबोले सिएनएनसँगको कुराकानीमा विमानबाहिर पहाड देख्दा केही त गडबड छ भनेर सोचेको बताइन् । 


‘जब हामी उड्न थाल्यौं तब मैले अग्ला पहाड देख्न थालेँ । मैले सोचेँ यो पूर्वी नेदरल्याण्ड, पश्चिमी जर्मनी हुनै सक्दैन । त्यसपछि मसँगै बसेका साथीले गुगल म्याप हेर्न सुझाए, हेर्दा त हामी कार्लिस्ले वरिपरि भएको थाहा पायौं ।’

‘उक्त जानकारी सबैतिर फैलियो । सबैले एक–अर्कालाई कता जान लागेको भनेर सोधे, सबैले उत्तर दिए डुसेलडर्भ ।’

‘जब हामी अवतरण गर्यौं तब विमान परिचारिकाले डुसेलडर्भ जानेहरुलाई हात उठाउन आग्रह गरिन् । विमान भित्रका सबैले हात उठाए,’ उनले भनिन् ।

विमानका क्याप्टेनले यात्रीसँग माफी माग्दै विमान जर्मनी उड्ने जानकारी दिए । ‘हामीमध्ये धेरै यो स्थितीमा हाँस्यौं,’ जाबोले भनिन् । ‘सबैजना फोनमा थिए, आफूहरु गलत शहरमा पुगेको सम्झाउदै थिए ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुकुल ढकाललाई पार्टीमा पुनर्बहालीको माग गर्दै दुई प्रदेश सभापतिले दर्ता गराएको पत्रमा के छ? एमालेले सदस्यता नै खोसेपछि विकल्प खोजेँ : भीम रावल पत्रकार सम्मेलनमा रावलले के भने ? आजदेखि जन्मेको पुस्ताले पाउनेछन् नयाँ नाम ‘जनरेशन बिटा’ ! पाँच एसएसपीको सरुवा, हेर्नुहोस् को कहाँ ? भारतको होटलमा आमासहित एकै परिवारका पाँच सदस्य मृत फेला, २४ वर्षीय छोरा पक्राउ मुकुल ढकाललाई पुनःपदमा फर्काउन माग गर्दै कार्यवाहक सभापति अर्याललाई पत्र राज्यमन्त्री चौधरीविरुद्धको मुद्दामा फैसला आज, जाला त सांसद पद ? सबैभन्दा धेरै कमाउने दोस्रो भारतीय फिल्म बन्यो पुष्पा–२ , बाहुबली–२ को रेकर्ड तोडियो जनवरी १ तारिखमा नयाँ वर्ष मनाउने चलन कहिलेदेखि शुरु भयो ? सहकारी ठगी मुद्दाको थुनछेक बहस: रविलगायतका पक्ष–विपक्षमा आज क–कसले गर्दैछन् वहस ? गैंडाको आक्रमणबाट मकवानपुरमा फेरि एक महिला घाइते आज बुधबार ह्वात्तै बढ्यो सुनको मूल्य , तोलाको कति? प्रधानमन्त्री ओली दिए नयाँ वर्ष २०२५ को शुभकामना आज तीनवटा संसदीय समितिको बैठक बस्दै भावी योजनाबारे जानकारी दिन आज पत्रकार सम्मेलन गर्दै भीम रावल सर्लाहीमा यात्रुबाहक बसले थिच्दा ड्युटीमा रहेका सशस्त्र प्रहरीको मृ-त्यु पेट्रोल र डिजेलको मूल्य बढ्यो, हवाई इन्धनको घट्यो अंग्रेजी नयाँ वर्ष २०२५ को स्वागत आजको मौसम, तराई र पहाडी भागमा हुस्सु र कुहिरो लाग्ने