२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आफ्नै जादु क्यामरामा रेकर्ड गराउन खोज्दा…, रुखमा बाँधिएको अवस्थामा २ बर्षपछी भेटियो कंकाल

२०७६, ५ बैशाख बिहीबार ०९:०९

एजेन्सीको सहयोगमा | रुसको मस्को पुलिसले हालै शहरदेखि ८० किमी टाढा एक घना जंगलमा एक रुखमा बाधिएको अवस्था मा एक मानव कंकाल फेला पारेको छ । अनुसन्धान पछी प्रहरीले पत्ता लगाएको छ कि उक्त कंकाल इवान क्लूशारेव भन्ने युवकको हो, जो २ बर्ष अघिसम्म मस्कोमा बस्दै आएका थिए । त्यस पछि यिनको बारेमा कसैले कुनै खबर पाएका थिएनन् । उनलाई वेपत्ता सुचीमा राखिएको थियो ।


रूसी प्रहरीको अनुसार इवान हाइकिङ र सर्वाइवल स्किल्समा अनुभवी थिए । उनि आफ्नो यस्तो काम देखाउन चाहन्थे कि उनको कला देखेर मानिस अचम्म मानोस् । प्रहरीको अनुमान छ कि, त्यसैको कोशिशमा ति युवाले शतूरा नामक सुनसान जंगलमा आफैलाई फलामको चेनमा ताला लगाएर एक रुखमा बाँधे तर पछी आफैलाई बाधिएको चेन खोल्न सकेनन् । घटना घटेको जंगलमा मानिसको कुनै आवतजावत नहुने प्रहरीले जनाएको छ । 


प्रहरीले घटनास्थलसँगै एक टेन्ट र रुख नजिकै जडान गरिएको क्यामरा पनि फेला पारेको छ । प्रहरीको अनुमान छ कि इवान आफैले आफ्नो जादूगरीको क्यामरामा कैद गर्न चाहन्थे । घटनास्थलबाट प्रहरीले पाँच हथकडी, केहि फलामको चेन, ताला र किताब फेला परेको प्रहरीले जनाएको छ । रूसको अनुसन्धान कमिटिले बताए अनुसार  इवान त्यस्तो ग्रुपको एक व्यक्ति थिए जो कठिन परिस्थितिमा पनि आफूलाई बचाउन सक्थे । तर अनुसन्धान बाँकी नै रहेकोले उनको मृत्युको एकिन कारण भने अझै सार्वजनिक भएको छैन । युवकको मृत्युको कारण फरेन्सिक परिक्षण पछी मात्र आउने सम्भावना छ । प्रहरीले इवानको क्यामरा र कम्प्युटरको समेत परिक्षणमा जुटेको छ । 


पहिलो पटक इवानको शव देखेका स्थानीय वासिन्दा एडुअर्ड कारपोवका अनुसार, उनले रुखमा बाधिएको अवस्थामा टोपी भएको टी-शर्टमा इवानको खप्परको भाग देखेका थिए । इवानको बाँकी सरिरको भाग रुखको पत्करले ढाकिएको थियो । अधिकारीहरुको अनुसार, इवानको नाम बेपत्ताको सूचीमा पनि थियो, त्यसै क्रममा उनलाई यस अघि पनि शतूराको जंगलमा खोजि गरिएको थियो तर फेला पार्न सकिएको थिएन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते