१७ पुष २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बसभित्रै ‘किस’ गर्न नमानेपछि युवाहरुद्वारा आक्रमण

२५ जेष्ठ २०७६, शनिबार १७:३०

जेठ २५, लण्डन | संसारकै विकसित र व्यस्त सहरमध्ये पर्ने बेलायतको लण्डनमै सार्वजनिक बसभित्र तेस्रोलिंगी जोडीमाथि हमला भएको छ ।

लेस्बियन एक जोडीले पुरुषलाई किस गर्न तयार नभएपछि उनीहरुमाथि हमला भएको हो । मेलानिया जियोमोनाटले आफू र आफ्नी प्रेमिका क्रिस आक्रमणपछि रगताम्मे भएको तस्बिर सार्वजनिक गरेकी थिइन् ।

उनीहरु डेटिङबाट रात्री बसमा घर फर्कँदै गर्दा पुरुषहरुको समूहले सांघातिक हमला गरेको कुरा पिंक न्युज नामको अनलाईनले समाचार अपडेट गरेको छ । उनीहरु उक्त स्थानमा पर्खेर बसिरहेका थिए वा पछ्याउँदैआए भन्नेबारे आफू प्रष्ट नभएको जियोमोनाटले बताइन् । ‘युवाहरुको समूहले हामीलाई किस गर्न र रोमान्स गर्न आग्रह गरे । त्यसपछि यौन आशनबारे व्याख्या गर्दै लेस्बियन भनेर हामीलाई दुव्र्यवहार गर्न थाले,’ जियोमोनाटले बताइन् ।


चारजनाको समूहले आक्रमण गरेपछि उक्त तेस्रोलिंगी जोडीको अनुहार रगताम्मे थियो । यसपछि उनीहरुले यौनहिंसाको शिकार हुँदैआएको भन्दै फेसबुकमै लेखेका थिए । महानगरीय प्रहरीका अनुसार उनीहरु दुवैलाई अस्पताल लगिएको छ । साथै घटनाको छानविन भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१३ वर्षीया बालिका बलात्कारको आरोपमा १९ वर्षीय युवक पक्राउ मुकुल ढकाललाई पार्टीमा पुनर्बहालीको माग गर्दै दुई प्रदेश सभापतिले दर्ता गराएको पत्रमा के छ? एमालेले सदस्यता नै खोसेपछि विकल्प खोजेँ : भीम रावल पत्रकार सम्मेलनमा रावलले के भने ? आजदेखि जन्मेको पुस्ताले पाउनेछन् नयाँ नाम ‘जनरेशन बिटा’ ! पाँच एसएसपीको सरुवा, हेर्नुहोस् को कहाँ ? भारतको होटलमा आमासहित एकै परिवारका पाँच सदस्य मृत फेला, २४ वर्षीय छोरा पक्राउ मुकुल ढकाललाई पुनःपदमा फर्काउन माग गर्दै कार्यवाहक सभापति अर्याललाई पत्र राज्यमन्त्री चौधरीविरुद्धको मुद्दामा फैसला आज, जाला त सांसद पद ? सबैभन्दा धेरै कमाउने दोस्रो भारतीय फिल्म बन्यो पुष्पा–२ , बाहुबली–२ को रेकर्ड तोडियो जनवरी १ तारिखमा नयाँ वर्ष मनाउने चलन कहिलेदेखि शुरु भयो ? सहकारी ठगी मुद्दाको थुनछेक बहस: रविलगायतका पक्ष–विपक्षमा आज क–कसले गर्दैछन् वहस ? गैंडाको आक्रमणबाट मकवानपुरमा फेरि एक महिला घाइते आज बुधबार ह्वात्तै बढ्यो सुनको मूल्य , तोलाको कति? प्रधानमन्त्री ओली दिए नयाँ वर्ष २०२५ को शुभकामना आज तीनवटा संसदीय समितिको बैठक बस्दै भावी योजनाबारे जानकारी दिन आज पत्रकार सम्मेलन गर्दै भीम रावल सर्लाहीमा यात्रुबाहक बसले थिच्दा ड्युटीमा रहेका सशस्त्र प्रहरीको मृ-त्यु पेट्रोल र डिजेलको मूल्य बढ्यो, हवाई इन्धनको घट्यो अंग्रेजी नयाँ वर्ष २०२५ को स्वागत