२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अस्पतालले मृत घोषणा गरेर अन्तिम संस्कार गर्न लाग्दै गर्दा युवकको होस् खुलेपछि…

२०७६, १७ असार मंगलवार १४:०३

असार १७, लखनऊ (एजेन्सीको सहयोगमा) | भारतको उत्तरप्रदेशको राजधानीमा एक मृत घोषित युवकलाई समसान घाटमा पुर्ने सम्पूर्ण तयारी हुँदै थियो । उनलाई पुर्ने खाल्डो समेत खनियो र उनको शव खाल्डोमा राख्न लाग्दै गर्दा ति युवकले जीवितै रहेको संकेत देखाएपछि तत्काल अस्पताल लगिएको समाचार छ ।

भारतीय संचार माध्यममा आएका समाचार अनुसार मृतकका परिवारले उनको अन्तिम संस्कार  गर्न खोज्दै गर्दा उनले आफू जिउदो रहेको संकेत दिएका थिए । परिवारले उनलाई अस्पताल लगे लगत्तै ति युवक जिवितै रहेको डाक्टरहरुले बताएका थिए ।

२० बर्षीय ति युवक मोहम्मद फुरकान २१ जूनमा एक दुर्घटनामा घाइते  भएका थिए । त्यसपछि उनलाई निजी अस्पतालमा भर्ना गरिएको थियो । सोमवार डाक्टरले उनको मृत्यु भएको घोषित गरे । चिकित्सकहरुले मृत्यु भएको घोषणा गरेपछि ति युवकको अन्तिम संस्कारको लागि एम्बुलेन्समार्फत घर लागिएको थियो । फुरकानमा दाजु मोहम्मद इरफानले घटना अप्रत्याशित भएको बताएका छन् । उनले भनेका छन् 'परिवारलाई घटना बारे विश्वासनै भईरहेको छैन । हामीले हाम्रो भाई फिर्ता पायौं ।

इरफानले  भने कि भाईको उपचारको लागि निजी अस्पताल परिवारले सात लाख भारु लिएका थिए । जब परिवार स्रोतले आफूहरुसँग उपचारको लागि थप पैसा नभएको बताए, तब अस्पतालले सोमबार फुरकानको मृत्यु भएको घोषित गरेका थिए । अन्तिम संस्कारको लागि झन्डै गाडिएको भाई जिवितै रहेको थाहा पाए पछि उनको उपचारको लागि परिवारले राम मनोहर लोहिया अस्पतालमा उपचार गराईरहेका छन् । उनलाई भेंटिलेटरमा राखेर उपचार गराइएको छ ।

लखनऊमा मुख्य चिकित्सा अधिकारी (सीएमओ) नरेन्द्र अग्रवालले भने, "हामीले घटनाको अध्ययन् गर्दैछौं ।" फुरकानको उपचारमा संलग्न डाक्टरले भने अनुसार घाइते युवकको स्थिति गम्भीर छ । उनको नाडी, ब्लडप्रेसर र दिमाग काम गरिरहेको छ ।"

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने