२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सात वर्षे बालकको मुखबाट ५२६ वटा दाँत निकाल्यो, ‘मोबाइल टावरको रेडिएशनले’ यस्तो भएको हुनसक्ने आशंका

१६ श्रावण २०७६, बिहीबार ०८:११

साउन १६, एजेन्सी  | भारतको चेन्नईस्थित एक अस्पतालमा डाक्टरले सात वर्षको बच्चाको तल्लो बंगाराको शल्यक्रिया गरेर ५२६ वटा दाँत निकालेको छ । बच्चाको दायाँ गाला सुन्निएको थियोे । डाक्टरले दाँतको अस्वभाविक विकासको कारण मोबाइल टावरबाट हुने रेडिएशन जिम्मेवार हुनसक्ने बताएका छन् । 

यस्तो घटना संसारको पहिलो भएको डाक्टरले दाबी गरेका छन् । डाक्टरले यो स्थितीलाई कम्पाउन्ड कम्पोजिट अन्डोटोम नाम दिएको छ ।

सबिता डेन्टल कलेजका ओरल सर्जन डा. पी सेन्थिलनाथनले भारतीय मिडियालाई दिएको जानकारी अनुसार ती बालकको  निकै लामो समयदेखि  दायाँ बंगारामा सुन्निएको थियो । अत्यधिक सुन्निएपछि अभिभावकले उनलाई अस्पताल पुर्याए । एक्स–रे र सिटी स्क्यानमार्फत् पत्ता लाग्यो कि बंगारामा केही दाँत यस्ता छन् जो आधा विकसित छन् । यस्तोमा शल्यक्रियाको निर्णय लिइयो ।

 डाक्टर भन्छन, दाँत बंगाराको भित्री भागमा थिए जसलाई बाहिरबाट देख्न मुश्किल थियो । बिरामीलाई एनेस्थेसिया दिएपछि उनको बंगाराको एउटा भाग निकालियो जसको तौल २ सय ग्राम थियो । शल्यक्रिया गर्दा त्यसमा ५२६ वटा साना, मध्य र ठूला आकारका दाँत पाइयो ।’

 कतिले यस्तो मोबाइल टावरबाट हुने रेडिएसन वा कुनै आनुवांसिक समस्याका कारण हुनसक्ने बताए ।

डाक्टरले भने, ‘शल्यक्रियाको क्रममा हामीले उसको स्वस्थ दाँतलाई त्यत्तिकै छोडिदियौं । अस्वाभाविक रुपमा आएका दाँतलाई निकै सावधानीपूर्वक निकालियो । यसअघि कसैको पनि यति धेरै दाँत देखिएको थिएन । यसअघि सन् २०१४ मा एक किशोरको मुखबाट २३२ वटा दाँत निकालिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान