२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रीमानले कहिल्यै झगडा नगरेको भन्दै श्रीमतीले मागिन् ‘डिभोर्स’

१३ भाद्र २०७६, शुक्रबार ०६:०५

एजेन्सी | एक महिलाले विवाहको एक वर्षपछि श्रीमानसँग सम्बन्धविच्छेद गर्ने सोच बनाएकी छिन् । उनलाई श्रीमानले अत्यधिक माया गर्ने, कहिले झगडा नगर्ने भएकाले सम्बन्धविच्छेद गर्न चाहेकी हुन् । एक महिला फुजैरास्थित सारिया कोर्टमा श्रीमानसँग सम्बन्धविच्छेद गर्न पुगेकी छिन् । 

उनलाई श्रीमानको अत्यधिक माया पचेन । श्रीमानले विवाह गरेको एक वर्षमा कहिले पनि झगडा नगरेको, घरको काममा पनि सहयोग गर्ने उनको बानी देखेर उनलाई रिस उठेको बताइन् । ‘उनले मलाई कहिले पनि चर्को आवाजमा बोलेनन्,’ उनले भनिन् । ‘मलाई उनको अत्यधिक माया र प्रेमले घाँटी अँठ्याएको जस्तो भयो । अझ उनले घरसमेत सफा गर्न सघाए ।’

‘उनीसँग एक दिन त झगडा होला भनेर सोच्थेँ तर मेरा रोमान्टिक श्रीमानले सधैं मलाई माफ गरे र उपहारको वर्षा गराए,’ उनले थपिन् । ‘मलाई वास्तविक छलफल र तर्क वितर्क मन पर्छ ।’ प्रारम्भिक सुनुवाइको क्रममा अदालतमा उपस्थित श्रीमानले चकित न्यायाधिसको सामू आफूले कहिले पनि गलत नगरेको बताए । दयालु र उत्तम श्रीमान् हुने उद्देश्यसहित आफूले यस्तो गरेको उनले बताए । श्रीमतीलाई खुसी पार्ने आफ्नो उत्कट इच्छाले नै सम्बन्ध समाप्तिको बाटोमा लागेको जस्तो देखिन्छ ।

श्रीमतीलाई खुसी पार्न उनले निकै मेहनत गरेको श्रीमानले न्यायाधीससामू स्विकार गरे । एकपटक श्रीमतीले उनको तौल बढेको बताएपछि डाइटिङ र अत्यधिक व्यायाम गरेर तौल घटाएको बताए । यतिबेला उनको खुट्टासमेत भाँच्चिएको उनले बताए । उनले श्रीमतीलाई सम्झाइदिन अदालतलाई आग्रह गरेका छन् ।

‘विवाहको पहिलो वर्षमा नै यसबारे निर्णय गर्नु गलत हो र सबैले आफ्नो गल्तीबाट सिक्छन्,’ ती युवकले भने । अदालतले यी दुई पक्षलाई मिलनका लागि एउटा मौका दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान