२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२ सय रुपैयाँको चिठ्ठाले करोडपति, हरेक महिना साढे १४ लाख पाउने

१६ भाद्र २०७६, सोमबार ०६:४३

भदौ १६, एजेन्सी | बेलायतकी एक महिलाको जीवनमा भाग्य चम्किएको छ । ४२ वर्षकी ती महिलाले झण्डै २ सय रुपैयाँ बराबरको रकममा किनेको एउटा लट्रीले उनलाई करोडपति बनाएको छ । उनले झण्डै ५० करोड रुपैयाँ बराबरको पुरस्कार जितेकी छिन् ।

अब उनले जितेको उक्त रकम महिनावारी रुपमा प्राप्त गर्नेछिन् । अर्थात् आगामी ३० वर्षसम्म उनले हरेक महिना झण्डै साढे १४ लाख रुपैयाँ पाउनेछिन् । बेलायतको हालिफ्याक्समा बस्ने ४२ वर्षकी मिसेल नामकी ती महिला पेशाले एउटा कम्पनीमा सहायक दर्जामा छिन् । उनको अनलाइन अकाउन्टमा जम्मा बँचेको डेढ पाउण्ड रकमले उनले लट्री खरीद गरिन्, जसले उनको भाग्यको ताला खोलिदियो ।

ती महिलामा वास्तवमा यसरी चिट्ठा किन्ने लत नै रहेछ । उनले यसअघि लटरीमै १० पाउण्ड रकम जितिसकेकी रहेछिन् । सो रकमले पुनः लट्री खरिद गर्दा झण्डै पाँच पाउण्ड रकम जितिन् । त्यसपछि उनले सो रकमले पनि अरु लट्री किनिन् ।

गत १९ अगष्टका दिन उनको बैंक अकाउण्टमा जम्मा डेढ पाउण्ड बराबरको रकम मात्र बँचेको रहेछ । त्यो रकमको पनि सदुपयोग गर्दै उनले लट्री खरिद गरिन् । यसपटक उनलाई भाग्यले साथ दियो । उनले ३६ लाख पाउण्ड अर्थात् झण्डै ५० करोड रुपैयाँ बराबरको पुरस्कार जितिन् । अब उनले उक्त पुरस्कार रकम हरेक महिना झण्डै साडे १४ लाखको दरले ३० वर्षसम्म पाउनेछिन् ।

उनको इमेलमा जब लट्री जितेको सूचनासहितको इमेल आयो, तब उनले खासै मतलब गरिनन् र सानेा रकम त परेको होला नि भन्ने सोँचिन् । तर जब उनले आफ्नो अनलाइन अकाउण्ट खोलिन् तब उनी झण्डै भुइँमा ढलिन् । उनलाई विश्वासै लागेन । किनकी उनले करोडौँको लट्री प्राप्त गरेकी थिइन् । उनले नेसनल लट्रीमा फोन गरेर यसको पुष्टि गरेपछि मात्र ढुक्क भइन् । अब लट्रीमा जितेका पैसाबाट भव्य घर किनेर बसाइँ सर्ने र आरामदायी जिवनयापन गर्ने उनको योजना छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान