२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

७३ बर्षिय महिलाले जन्माइन जुम्ल्याह सन्तान

२०७६, २० भाद्र शुक्रबार ०९:११

भदौ २०,एजेन्सी | भारतको आन्ध्र प्रदेशको गुन्टुर जिल्लामा ७३ वर्षीया वृद्धाले जुम्ल्याहा सन्तानलाई जन्म दिएकी छिन् | महिलाको नाम येरामती मंगायम्मा हो र उनले बुधबार बिहान साढे १० बजे शल्यक्रियामार्फत् यी बच्चालाई जन्म दिएकी हुन् ।

उनको शल्यक्रिया गर्ने डाक्टर उमा शंकरले बीबीसी तेलुगुलाई भनिन्, ‘आमा र जुम्ल्याहा बच्चा दुबै स्वस्थ छन् । ती बच्चाहरु अबको २१ दिनसम्म डाक्टरको निगरानीमा रहनेछन् ।’ यी महिला जुम्ल्याहा बच्चालाई जन्म दिने सबैभन्दा पाको महिला भएको अनुमान गरिएको छ किनभने सबैभन्दा धेरै उमेरमा बच्चालाई जन्म दिने आधिकारिक रेकर्ड स्पेनकी मारिया डेल कार्मेन बाउसाडा लाराको नाममा छ जसले सन् २००६ मा ६६ वर्षको उमेरमा जुम्ल्याहालाई जन्म दिएकी थिइन् ।


यद्यपि, केही मानिसले यो रेकर्ड भारतकी ओमकारी पनवारको नाममा भएको दाबी गरिरहेका छन् । ओमकारीले सन् २००७ मा ७० वर्षको उमेरमा जुम्ल्याहा बच्चालाई जन्म दिएकी थिइन् । वर्षौंसम्म अस्पतालको चक्कर लगाइरहे दम्पत्तिलेः

मंगायम्माले खुसी व्यक्त गर्दै भनिन्, ‘मानिसहरुले मलाई बाँझो भन्थे । मैले अत्यधिक पीडा सहेकी छु । त्यसकारण मैले बच्चा जन्माउने निर्णय गरेँ । यो मेरो जीवनको सबैभन्दा खुसीको पल हो ।’महिलाका श्रीमान् यरामती सीताराम राजारावले भने, ‘अब म खुसी छु । यो सबै यी डाक्टरका कारण सम्भव हुन सक्यो । हामीले विभिन्न अस्पतालमा थुप्रै तरिका अपनायौं । त्यसपछि हामी पुनः कोसिस गर्ने भन्दै यो अस्पताल आयौं । 

यहाँ आएको दुई महिनाभित्र मेरी श्रीमती गर्भवती भइन् । हामी पछिल्लो ९ महिनादेखि यसै अस्पतालमा छौं । मानिसहरुले हामीलाई बाँझो व्यक्ति भन्दथे ।  अब यस्तो भन्नेहरुको मुख टालिएको छ । हामी यी दुई छोरीहरुको निकै राम्रो तरिकाले हेरबिचार गर्नेछौं ।’


उनीहरुको विवाह सन् १९६२ को मार्च २२ मा भएको थियो । बच्चाको चाहनामा यी दम्पत्तिले वर्षौंसम्म अस्पतालको चक्कर लगाइरहे । केही दिन अघि जब यी दम्पत्तिका इलाकाकै एक ५५ वर्षीया महिलाले आइभिएफमार्फत् बच्चा जन्माए तब उनीहरुले पनि यो तरिका अपनाउने सोच बनाए ।

गत वर्ष यो दम्पत्ति गुन्टुरको यो क्लिनिकमा पुगे । डाक्टर उमा शंकरले सबै परीक्षणपश्चात् उनीहरुको उपचार सुरु गरे ।

महिलामा बढ्दो उमेरसँगै अण्डाणुको संख्या कम हुन सुरु हुन्छ र ३५ वर्ष पछि त यो तीब्र रुपमा कम हुन्छ । मंगायम्माको महिनावारी रोकिइसकेको थियो । त्यसकारण कुनै चिकित्सकीय मद्दतले गर्भवती हुनु असभ्व नै थियो ।

गर्भधारणका लागि यो दम्पत्तिले एक डोनरबाट अण्डाणु लिए र आइभिएफ प्रविधीमार्फत् त्यसलाई श्रीमान् सीताराम राजारावको शुक्रकिटसँग मिलाइयो । त्यसपछि बनेको भ्रुणलाई मंगायम्माको गर्भमा राखियो । पाको उमेरका महिलामा गर्भधारण एक जटिल प्रक्रिया हो र यस्तोमा अत्यधिक सावधानी अपनाउन आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला