२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बेस्सरी हाँस्दा महिलाको बंगारा फुस्कियो, खुल्ला रहिरह्यो मुख

२७ भाद्र २०७६, शुक्रबार १०:०८

भदौ २७, एजेन्सी | स्वास्थ्यका लागि हाँस्नु निकै आवश्यक छ तर एउटा निकै अचम्मको घटना सार्वजनिक भएको छ । एक महिला बेस्सरी हाँस्दा उनको बंगारा फुस्किएको छ जसका कारण उनले मुख बन्द गर्न सकिनन् । अन्त्यमा उनले डाक्टरको सहयोगमा  समस्या सुल्झाएकी छिन् ।


घटना चीनको हो । स्थानीय ग्वान्चा न्यूजका अनुसार गत आइतबार गुआंगडोंग प्रान्तको गुआंगझु दक्षिण रेलवे स्टेशन नजिकै एउटा रेलमा यात्रा गरिरहेकी महिला यति बेस्सरी हाँसिन् कि उनको बंगारा डिस्लोकेट भयो । त्यसपछि उनलाई असाध्यै पीडा भयो ।


तर महिलाको भाग्य, त्यहाँ डाक्टर पनि उपस्थित थिए । ल्याडबाइबलको रिपोर्ट अनुसार लिवान हस्पिटलका डाक्टर लुओ वेन्सेङ्ग रेलवे चिकित्सा इमर्जेन्सीको अपिलपश्चात् उनी महिला भएठाउँ पुगेका थिए ।‘म दौडिएर महिला भएठाउँ पुगेँ, उनी बोल्न सकिरहेकी थिइनन् र मुख बन्द पनि गर्न सकिरहेकी थिइनन्,’ डा. वेन्सेङ्गले भने  ‘उनी र्‍याल काढिरहेकी थिइन् त्यसकारण उनलाई स्ट्रोक भएको ठानेँ ।’

‘तर मैले उनको रक्तचाप लिए र उनलाई केही प्रश्न गरेँ त्यसपछि मात्रै उनको बंगारा डिस्लोकेट भएको थाहा पाएँ,’ उनको भनाई उद्धृत गर्दै ल्याडबाइबलले भन्यो । नाम नखुलाइएकी ती यात्रीले उनको यसअघि पनि गर्भावस्थामा बान्ता गर्दा बंगारा डिस्लोकेट भएको  जानकारी दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य