२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुनको टोयलेट चोरी

२९ भाद्र २०७६, आईतवार ०६:३४

भदौ २९, एजेन्सी | अक्सफोर्डशायरको ब्लेनहेम प्यालेसबाट १८ क्यारेट सुनबाट बनेको टोयलेट चोरी भएको छ | थेम्स भ्याली पुलिसका अनुसार एउटा समूह अक्सफोर्डशायरस्थित उक्त प्यालेसभित्र प्रवेश गरेर उक्त कलाकृति चोरेका हुन् ।

सुनको यो टोयलेट इटलीका एक कलाकार मौरिजियो केटलेनको रचना थियो । उक्त सुनको ट्वाइलेट बिहिबारको एउटा प्रदर्शनीको मुख्य आकर्षणको केन्द्र थियो । यो शौचालय प्रयोगमा थियो र दर्शकलाई यसको प्रयोगका लागि बोलाइएको थियो ।


अहिलेसम्म यो टोयलेट भेटिएको छैन तर ६६ वर्षे एक व्यक्तिलाई चोरीको आशंकामा पक्राउ गरिएको छ । पुलिसका अनुसार यो चोरीका कारण भवनमा पनि क्षती पुगेको छ किनभने टोयलेट उखेलिपछि त्यहाँ पानी भरिएको छ ।

१८ औं शताब्दिको ब्लेनहेम प्यालेसमा बेलायती प्रधानमन्त्री सर विन्स्टन चर्चिलको जन्म भएको थियो । ड्युक अफ मोलबोराका सौतेनी भाइ एडवर्ड स्पेन्सर चर्चिलले पछिल्लो महिना उनी कलाकृतिको सुरक्षाको विषयमा निश्चिन्त भएको र यहाँबाट केही पनि चोर्न सजिलो नभएको बताएका थिए ।


यहाँ आउने व्यक्तिलाई राजगद्दीको प्रयोगमा पनि अनुमती थियो तर तीन मिनेटका लागि मात्रै । डिटेक्टिव इन्सपेक्टर जेस मिलनले भने, ‘जुन कलाकृति चोरियो त्यो निकै मूल्यवान् छ । त्यो सुनले बनाइएको थियो र प्रदर्शनीका लागि राखिएको थियो ।’

‘हामीलाई लाग्छ कि चोरले दुईवटा गाडी प्रयोग गरेको हुनसक्छ । कलाकृति अहिलेसम्म भेटिएको छैन तर हामी अनुसन्धान गरिरहेका छौं,’ उनले भने । ब्लेनहेम प्यालेसको तर्फबाट एउटा ट्वीटमा प्यालेस आइतबार मात्रै खोलिने  जानकारी दिएको छ । सन् २०१७ मा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई यो सुनको टोयलेट दिने प्रस्ताव गरिएको थियो |


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत