२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अन्तिम संस्कार गर्दैगर्दा मृत सरिर चल्न थालेपछि डराएर भागे मलामी

२०७६, २७ आश्विन सोमबार ०५:४३

असोज २७, एजेन्सी | अन्तिम संस्कारको क्रममा शवलाई चितामा राखेर सतगतको तयारी हुँदैगर्दा मृत भनिएको सरिर चलन थालेपछि मलामीहरु डरले भागेको समाचार भारतीय संचार माध्यमहरुले प्राथमिकताका साथ छापेका छन् । सतगतको क्रममा एक्कासी चितामाथि राखिएका व्यक्तिले टाउको हल्लाएपछि मलामी गएकाहरुको कोकोहोलो मच्चिएको हो । मृत ठानिएका व्यक्ति चल्मलाउन थालेपछि केही मलामी भागेको भारतीय संचारमाध्यम आजतकमा खबर छ ।

भारतको ओडिशास्थित कपकहाला गाउँका स्थानीय सिमाञ्चल मलिकलाई अन्तिम संस्कार गर्दैगर्दा टाउको हल्लाएको देखेपछि उनलाई सामुदायिका स्वास्थ्य केन्द्र पुर्‍याइएको थियो । ‘केही सेकेन्डको अन्तरालमा उनी हल्लिन थाले, उनले मुखबाट सास पनि फेर्न थाले । हामीले हतारहतार चिताको आगो निभायौं र थाहा पायौं कि सिमाञ्चल मृत होइन बेहोस् मात्र भएका रहेछन्,’ आफन्त मुरलीधर मल्लिकले भने ।

डाक्टरका अनुसार अस्पताल भर्ना हुँदा सिमाञ्चलको नाडीको गती निकै कम थियो । स्थानीयले उनको स्वास्थ्य परीक्षण नगरीकनै अन्तिम संस्कारका लागि लगिएको डाक्टरले बताए । ‘यो ठिक भएन । डाक्टरले मृत घोषणा गरिसकेपछि अथवा शवको पोस्टमार्टमपछि मात्रै अन्तिम संस्कार गरिनुपर्छ,’ डाक्टरले भने ।

प्रहरीका अनुसार मलिक शनिबार बाख्रा र भेडा चराउन जंगल गएका थिए तर बेलुकासम्म वस्तु फर्किसकेपछि पनि उनी फिर्ता नभएपछि  परिवारले खोज्न जाँदा उनलाई नजिकैको जंगलमा अचेत लडिरहेको भेटेका थिए । त्यसैको आधारमा उनि मरेको भन्ने बुझेर गाउँलेले अन्तिम संस्कारको लागि लागेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने