२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नवलपुरको दलदलेमा डुई टाउका भएको सर्प फेला

१४ माघ २०७६, मंगलवार ०९:३९

माघ १४, काठमाडौँ | सर्प अनुसन्धानकर्ता रूपन्देहीका कमल देवकोटा र उनको समूहले दुईवटा टाउको भएको सर्प फेला पारेको छ | नवलपुरको दलदलेमा दुई टाउको भएको करेत सर्प फेला हो | करेत प्रजातीको दई टाउके भएको उक्त सर्प ६१ वर्षपछि विश्वमा दोस्रो पटक र नेपालमा पहिलोपटक भेटिएको अनुसन्धानकर्ता देवकोटाले दाबी गरेका छन् |


 उनका अनुसार दुई टाउके करेत भारतको उत्तर प्रदेशमा सन् १९५७ मा भीआर झाको समूह र नेपालमा सन् १९८३ मा दुई टाउको भएको जेनोक्रोफिस पिस्केटर (पानी सर्प) सर्प विज्ञ करनबहादुर शाहको समूहले फेला पारेका थिए। त्यसको नमुना काठमाडौंको प्राकृतिक विज्ञान संग्राहलयमा अहिलेपनि सुरक्षित छ।

दलदलेका जुद्धवीर श्रीस मगरले आफ्नो घर नजिकै उक्त सर्प देखेपछि त्यसलाई समातेर कालीगण्डकी अस्पताल र्पुयाएका थिए। त्यसलाई देवकोटाको समूहले अध्ययन गरेर सुरक्षितसाथ राखिएको सर्पदंश विज्ञ तथा अस्पतालका प्रमुख डाक्टर छबिलाल थापाले बताए। त्यस्तै, देवकोटाकै समूहले अविषालु जातको दुई टाउको भएको ओलिगोडन अर्नेंसिस (ब्यान्डड कुक्री) पनि फेला पारेको छ। उक्त सर्पको सामान्य अध्ययन गरी चितवन राष्ट्रिय निकुञ्जका कर्मचारीको रहोबरमा जिउँदै छाडिएको रेन्जर सन्तबहादुर मगरले बताए।

‘दुवै सर्पको डिजिटल भौचर फोटो सिंगापुरको नेसनल युनिर्भसिटीस्थित ली कोग चेन प्रकृतिक विज्ञान संग्राहलयमा राखिएको छ,’ देवकोटाले भने, ‘ब्यान्डड कुक्रीको बारेमा तयार पारिएको विस्तृत अध्ययन अनुसन्धान अमेरिकाको रेप्टाईल एन्ड एम्फिबियन कन्जरभेसन जर्नलमा प्रकाशित हुने तयारीमा छ।’ दुईवटा टाउको भएको करेत सर्प अनुसन्धान सम्बन्धी लेख रेप्टाइल एन्ड एम्फिबियन कन्जर्भभेसन जर्नलमा प्रकाशित छ।

देवकोटा र उनको समूहले तीन वर्षदेखि तराईका रुपन्देही, कपिलवस्तु, नवलपरासी, चितवन, सर्लाही लगायतका जिल्लामा सर्पको अनुसन्धान गर्दै आइरहेको छ। रुपन्देही जिल्लामा मात्र २३ प्रजातीका सर्प भेटिएको उनले बताए। विश्व स्वास्थ्य संगठनको सन् १९८७ को तथ्यांक अनुसार यी जिल्लाहरुमा सर्पको टोकाइबाट वर्षेनी १ हजार भन्दा बढीको मृत्यु हुने गरेको छ।

‘तर, सर्पले टोकेको उपचारको औषधि त्यही सर्पकै विषबाट बन्छ भन्ने हाम्रोमा अझै जानकारी छैन,’ देवकोटाले भने, ‘त्यो जनचेतना मात्र जगाउन सकेपनि सर्पको टोकाइबाट मर्नेको संख्या कम गर्न सकिन्छ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते