२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मानिसको मृत्यु हुनु अघि देखिन्छन यस्ता ९ लक्षण !

२०७६, २४ माघ शुक्रबार १०:१४

माघ २४,काठमाडौँ | संसारको नियम् नै छ मानिस जन्मिएपछि अवश्य मर्छ | भौतिक शरीर छोडेर एक न एक दिन मान्छे जान्छ नै तर हाम्रा धर्म ग्रन्थहरुमा शरीरको मात्रै मृत्यु हुने र आत्मा कहिल्यै नमर्ने भनेर लेखिएको छ | यसरी आध्यात्मिक रुपमा हेर्दा मानिसको मृत्यु हुनु भन्दा अगाडी यस्ता लक्षणहरु देखिन्छन् जुनकुरा पुराणमा लेखिएको छ:-

१. मानिसको छायाँ हराउन थालेपछि मृत्यु निकट भएको बुझ्नु पर्दछ | जुन कुनै व्यक्तिको पानीमा वा तेलमा छायाँ देखिन छोड्छ वा मधुरो देखिन थाल्यो भने यो मृत्यु निकट भएको संकेत हो |

२. मानिसको आँखामा ज्योति कम हुँदै जानु पनि मृत्यु निकट भएको हुनसक्छ | नजिक बसेका व्यक्ति पनि देखिन छोडे वा चिनिन छोडे भने पनि मृत्यु निकट आएको बुझिन्छ |

३. जीवनमा गरिएका राम्रा र नराम्रा कर्म अनुसार मृत्यु नजिक भएपछि मानिसको आँखामा त्यस्ता कुरा घुम्ने गर्छन्। फिल्ममा पुराना कुरा देखाइएको जस्तै जीवनका राम्रा र नराम्रा कर्म आँखा अगाडि आउँछन् |

४. जसको कर्म निक्कै राम्रो छ उसको आँखामा मृत्यु हुनु अघि प्रकाश देखिन्छ। यस्ता व्यक्ति मृत्युको समयमा निश्चिन्त देखिन्छन्।

५. गरुड पुराणका अनुसार मृत्युको घडी नजिकिएपछि यमराजका दुत मृत्यु हुने व्यक्तिको नजिक देखिन्छन्। मृत्यु हुन लागेका व्यक्तिले मात्र यस्ता भयंकर जीवको दृष्य देख्छ।

६. पाप कर्म धेरै गरेका व्यक्तिका सामने यमदुतहरु डरलाग्दा देखिन्छन्। यस्ता व्यक्ति मृत्यु हुने समयमा डराएको देखिन्छ।

७. शरीर त्याग गर्ने समयमा मानिसको आवाज हराउँछ। बोल्न खोजे पनि बोली आउँदैन। कसैले घाँटी च्याँपे जस्तो आवाज आउँछ।

८. गरुण पुराणका अनुसार आत्मा जीवनका सबै घटनाको अर्थात् कर्मको आफ्नो साथमा लिएर शरीर त्याग गरिदिन्छ। भौतिक शरीरलाई आफूले गरेका खराब कर्मको प्रायश्चित गर्न यमराजको ढोकामा उपस्थित गराइन्छ।

९. उक्त पुराणका अनुसार मृत्युपछि पापी मनुष्यलाई २४ घण्टामा यमदूतले वायुमार्गबाट यमलोकमा र्पुयाउँछन्। यमराजले कर्मअनुसार नर्कमा सजायँ सुनाउँछन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने