३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महिनावारी जाँच्न भन्दै कलेजका ६८ छात्रालाई अण्डरवेयर खोल्न लगाएपछि…

२ फाल्गुन २०७६, शुक्रबार १२:०५

फागुन २, एजेन्सी | भारतको गुजरात स्थित एक कलेजले महिनावारी भए नभएको जाँच्न भन्दै छात्राहरूलाई कपडा खोल्न लगाएको छ | जरातको भुजस्थित सहजानन्द गर्ल्स कलेजका ६८ जना छात्रालाई अन्तरवस्त्र खोल्न दबाव दिइएको समाचार एजेन्सी एएनआईले जनाएको छ |

बिहिबार भएको उक्त घटनामा किशोरीहरूलाई होस्टेल रेक्टर अञ्जलिबेन र अर्की महिला शिक्षिकाले बाथरुममा लाइन लगाएर अण्डरवेयर खोल्न भनेका थिए। महिला रेक्टरले प्रिन्सिपल रिता रनिङ्गा समक्ष ’किशोरीहरूले महिनावारी नबार्ने र महिनावारी भएका बेलामा पनि भान्सामा छिरेर धार्मिक मान्यता उल्लंघन गर्ने गरेको’ गुनासो गर्दै आएकी थिइन् |

होस्टेलको नियम नमानेको भन्दै गालि गरेको र प्रिन्सिपललाई  डाकेर गालि गर्न लगाएको विद्यार्थीको गुनासो छ | प्रिन्सिपलले क–कसलाई महिनावारी भएको छ? भनेर सोधिन’, छात्रामध्येकी एक दुर्गा (नाम परिवर्तन)ले भनिन, ’हामीमध्ये महिनावारी भएका दुईजना अलग्गिएर अर्कातिर सर्यौँ |

त्यसपछि सबैलाई लाइन लगाएर बाथरुम लगिएको बताइएको छ | अञ्जलीबेन र अर्की महिला शिक्षिकाले अण्डरवेयर खोल्न लगाएको ति छात्राको भनाई छ | उक्त घटना प्रकाशित भएपछि चारैतिर आलोचना भएको छ |’आधुनिक, वैज्ञानिक र मूल्यमान्यतामा आधारित शिक्षा पद्धतिमार्फत आत्मविकास तथा शशक्तिकरण’ नारा भएको शिक्षालयमा यस्तो घटना हुनुलाई धेरैले लज्जास्पद भएको तर्क गरेका छन् |

अहिलेसम्म प्रहरीमा कुनै उजुरी परेको छैन। कलेज प्रशासनले अभिभावकलाई डाकेर ’इमोसनल ब्ल्याकमेल’ गरेकाले प्रहरीमा उजुरी नदिइएको एक छात्राले बताइन | घटनाबारे विद्यालयले भने कुनै प्रतिक्रया दिएको छैन | ’कलेज हातामा लक्ष्मीनारायणको मन्दिरसमेत भएकाले छात्राहरूलाई लक्ष्मीनारायण सम्प्रदायको नियम मान्न भनिएको थियो |' एक शिक्षिकाले भनिन | स्वामीनारायण सम्प्रदायमा महिनावारी भएका महिलालाई मन्दिर र भान्सामा छिर्न बन्देज गरिएको छ | उक्त क्षेत्रमा महिनावारी भएका बेला अरुलाई छुन नहुने मान्यता रहेको छ | होस्टेलमा बस्ने  ६८ जनालाई महिनावारी भए–नभएको परीक्षण गर्न अण्डरवेयर उतार्न भनिएको बताइएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता