२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजमार्गमा गाडी चलाउँदै गरेका ५ बर्षीय बालक प्रहरी नियन्त्रणमा, प्रहरी छक्क

२०७७, २४ बैशाख बुधबार ०८:०५

वैशाख २४, काठमाडौँ (बिबिसीको सहयोगमा) | अमेरिकाको यूटा राज्यमा खल्तीमा तीन डलर बोकेर गाडी चलाउदै गर्दा एक पाँच बर्षका बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ति वालक आफू महँगो गाडी किन्न अर्को राज्यतिर जान लागेको प्रहरीलाई बताएका छन् ।

समाचारमा बिबिसीले लेखेको छ 'धेरैजसो पाँच वर्षीय बालकहरू भान्छामा दूध पोखेर वा कुकुरको पुच्छर तानेर अभिभावकलाई तनाव दिन्छन् । तर पाँच वर्षीय एड्रीअनले परिवारको गाडी सडकमा निकाले र प्रहरीको नियन्त्रणमा पुगे ।'

राजमार्गमा ५० किलोमिटर प्रतिघण्टाको गतिमा गुडिरहेको गाडीले सडक अनुशासन पालना नगरेको देखेपछि प्रहरीले रोकेको थियो । चालकले प्रहरीको निर्देशन अनुसार गाडी रोके । तर चालकको आसनमा एउटा बालकलाई देख्दा प्रहरीहरू छक्क परे । बालकले आफू महँगो ल्याम्बोर्गीनी गाडी किन्न हिँडेको बताए । प्रहरीलाई ती बालकले बताए अनुसार आफूले कम्तीमा एक लाख ८० हजार डलर पर्ने गाडी किनिदिन गरेको अनुरोध आमाले नमानेपछि रिसाएर उनी घर छोडेर हिँडेका थिए ।


Photo: Utah Highway Patrol

ति वालकले आफैँ गाडी किन्न उक्त गाडी चलाएर क्यालिफोर्नियातिर जाने निर्णय गरेको बताएका छन्, प्रहरीले ट्विटरमा लेखेको छ ।

तर उनीसँग गाडी किन्न पुग्ने पैसा भने थिएन । प्रहरीका अनुसार उनको खल्तीमा तीन डलर मात्रै थियो । 

यस समाचारलाई पुष्टि गर्न भिडियो समेत छ । भिडियो अनुसार प्रहरीले ती चालकलाई 'तिमी कति वर्षका भयौ ?' भनेर सोधेको सुन्न सकिन्छ । पाउदानसम्म खुट्टा पुर्‍याउन ती बालक सीटको छेउमा बसेको र आफ्नो घरबाट पाँच मिनेटको दूरीमा पुगेको प्रहरीको भनाइ छ । 

बालकले नियम मिचेको तर सो घटनाबाट कसैलाई चोट नलागेको र स्थानीय अधिकारीले अभिभावकलाई कारबाहीका लागि मुद्दा लगाउने वा नलगाउने भन्ने निर्णय गर्ने स्थानीय केएसएल टीभीले बताएको छ ।

घटनाको बेला दुवै अभिभावक काममा रहेको र ती बालक दाजुको निगरानीमा रहेको बताइएको छ । घटनापछि प्रहरीले उनका अभिभावकलाई बालबालिकाका पहुँचमा गाडीको साँचो नराख्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने