२०८२, २ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विमानभित्रै एक जोडी प्रेममा लिप्त भएपछि, एयर होस्टेसले दिइन् ब्ल्याङ्केट

२०७८, ११ जेष्ठ मंगलवार ०८:२८

जेठ ११, काठमाडौँ (एजेन्सी) | पाकिस्तानमा एक विमानभित्र एक प्रेम जोडीले रोमान्स गरेको समाचार चर्चित बनेको छ । बिमानभीत्रै ति जोडीले रोमान्स र चुम्बन गरेपछि यस विषयलाई लिएर सिभिल एभिएसन अथोरिटी समक्ष रिपोर्ट दर्ता भएको छ । 

घटना पाकिस्तानको हो । कराँचीबाट इस्लामाबाद जाँदै गरेको फ्लाइट पीए–२०० मा पाँच दिन अघि यो घटना घटेको हो ।  ट्रिब्यूनको समाचार अनुसार, प्रत्यक्षदर्शी यात्रीहरुको यस्तो दावी छ कि विमानको चौथो लाइनको सिटमा बसेका एक जोडीले अचानक विमानभीत्र चुम्बन गर्न थालेका थिए, जुन देखेर बाकी यात्रीहरुलाई असहज भएको थियो । 

विमानमा सवार यात्रीहरुले यसबारे विमानका क्याबिन क्रुलाई जानकारी दिएका थिए । त्यसपछि एक एयरहोस्टेसले यो जोडीलाई सार्वजनिक स्थलमा संयमता अपनाउन आग्रह गरेकी थिइन् तर उक्त जोडीले कसैको कुरालाई चासो नदीई आफ्नो हर्कत गरिरहे । त्यसपछि एयरहोस्टेसले उनीहरुलाई आफ्नो माया प्रेम लुकाउन ब्ल्याङ्केट दिइन् ।

ट्रिब्यूनको रिपोर्टका अनुसार घटनाको बिषयमा केही यात्रीहरुले ति जोडीलाई सार्वजनिक स्थलमा शालीनता अपनाउन समेत आग्रह गरेका थिए तर उनीहरुले भने 'हामीलाई यस्तो भन्ने तिमीहरु को हौ ?' 

सोहि बिमानमा सवार एक वकिल बिलाल फारुक अल्वीले उक्त घटनालाई लिएर क्याविन क्रूले कुनै एक्शन नलिएको भन्दै सिभिल एभिएसन अथोरिटी समक्ष रिपोर्ट दर्ता गराएका छन् । उक्त घटनाको छानवीन भईरहेको छ । 

यस अघि तीन बर्ष अघि पनि यी जोडी इस्लामाबाद सिटी सेन्टरमा बसेर चुम्बन गरिरहेको भेटिएको थियो । पुलिसले तय लगत्तै यी जोडीलाई गिरफ्तार गरेको थियो । पाकिस्तानमा सार्वजनिक अश्लीलताको मुद्धामा तीन महीनाको जेल सजाय हुने व्यवस्था छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ नेपालविरुद्ध इटलीको १० विकेटको सहज जित नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन: प्रधानमन्त्री कार्की साँढेको जुधाइ बाच्छाको मिच्याइँ नहोस्: प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निषेधाज्ञा जारी टी– २० विश्वकप : दोस्रो खेलमा आज इटालीसँग खेल्दै नेपाल अटोरिक्सा र टिपर एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?